काठमाण्डौं १८ असोज । काठमाण्डौंको नयाँ वानेश्वरमा रहेको ज्ञानपुञ्ज स्कूल अफ लिडरसिपले कसरी उत्कृष्ठ वकिल बन्न सकिन्छ भन्ने विषयमा एकदिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।
कानून तथा व्यवहारिक ज्ञान सम्वन्धी तालिम तथा प्रशिक्षण दिदै आएको सस्थाले उत्कृष्ठ कानून व्यवसायी वन्नका लागि के आवश्यक हुन्छ भन्ने जानकारी दिन प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो । ज्ञानपुञ्ज स्कूल अफ लिडरसिपका प्रमुख हरिप्रसाद डुम्रेले तालिममा व्यक्तित्व विकास, व्यक्तित्व कसरी निर्माण गर्ने, – इमानदारी, शिष्टाचार, अधिवक्ता लाइसेन्स परीक्षालगायतको विषयमा प्रशिक्षण दिने जानकारी दिनुभयो ।
कानून व्यवसायी हुनको लागि प्रष्ट आवाज, पोषाको छनौट, भाषा, सामाजिक गतिविधिलगायतका समेत ध्यान दिनु पर्ने उहाले बताउनुभयो । प्रधानमन्त्री कार्यालयका पूर्व कानुनी सल्लाहकार बाबुराम दाहालले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । तालिम असोज १९ गते भक्तपुरमा सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।