काठमाडौँ २६ भदौ । हृदयघातबाट निधन भएका नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जतिको लागि पार्टी कार्यालय च्यासलमा राखिएको छ ।
पार्टी कार्यालय लगिएको पार्थिव शरीर बिहान ७ बजेपछि ललितपुरको च्यासलस्थिल पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको हो । बालुवाटारस्थित आफ्नो निजी निवासमा गएराति उनलाई हृदयघात भएपछि उपचारका लागि महाराजस्थित शिक्षण अस्पताल पुर्याइएकामा त्यही नेम्वाङको निधन भएको थियो । पार्टी कार्यलयमा उहालाई श्रद्धाञ्जली अर्पण गर्न नेता कार्यकर्ताहरु जम्मा हुन थालेका छन् ।