रत्ननगर, ०४ माघ
पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्वर १४ को नवनिर्मित वडा कार्यालय शुक्रबार उद्घाटन गरिएको छ ।
करिब २ गठठा् १० धुर क्षेत्रफलमा कार्यालयको भवन निर्माण गरि शुक्रबार एक भव्य कार्यक्रमका बीच कार्यालयको उदघाटन गरिएको हो । वडा कार्यालयको भवन निर्माणका लागि ७५ लाख रुपैँया खर्च भएको भवन निर्माण समितिकी सयोजक विष्णु भण्डारी कटट्ेलले जानकारी दिइन । कार्यालयमा एउटा सभाहल सहित ८ वटा कोठा रहेको निर्माण समितिकी सयोजक कटट्ेलले बताइन । सो भवन निर्माणका लागि नगरपालिकाले ३४ लाख, वडा कार्यालयले १० लाख वजेट विनियोजन गरेको वडा अध्यक्ष हरि कुमार श्रेष्ठले जानाकारी दिए ।
विभिन्न सघसस्थाहरु बाट भवन निर्माणका लागि २२ लाख आर्थिक सहयोग जुटेको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रदेश सभा सदस्य कृष्ण प्रसाद खनालले विकास र समृद्धिका लागि सबैको साथ आवश्यक रहेको बताए । उनले अहिलेको सरकार फेल भए अर्का पटक गर्छु भनेर भन्ने ठाँउ समेत नरहेको बताए । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले सेवा प्रवाह गर्न नगरपालिका मातहतका कार्यलयले कन्जुसाइ नगर्न बताए । उनले नगरपालिकाले प्राविधिक शिक्षालाई जोड दिएको बताउदै सामुदायिक विद्यालयमा प्रविधिक शिक्षा सुरु गरिएको बताए ।
उनले चोकचोकमा गफ गरे समृद्धि नआउने भएकाले सबैले मिलेर समृद्ध नगर बनाउन आग्रह समेत गरेका छन । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख कृष्ण कुमार डल्लाकोटीले रत्ननगर नगरपालिका समृद्धि तर्फ अघि बढिरहेको बताउदै जिल्लाकै समृद्ध नगर बन्ने तर्फ उन्मुख भएको बताए ।
वडा कार्यालय निर्माणका लागि गुणचन्द्र विष्ट, दिनेश कुमार चुके र गौरीराज जोशीले जग्गा दान गरेका थिए । जग्गा दाता तथा भवन निर्माणमा सहयोग गर्न सहयोगीहरुलाइ कार्यक्रममा सम्मान गरिएको थियो ।
वडा अध्यक्ष हरि कुमार श्रेष्ठको अध्यक्षतामा भएको वडा नम्बर ७ का वडा अध्यक्ष राजन भटट्, नेकपाका प्रतिनिधि बासु देव लामिछाने , यस वाइ प्यालन नेपालका म्यानेजर देवेन्द्र सम्वाब्वे , साविक पिठूवा गाविसका पूर्व अध्यक्ष चन्द्र कान्त न्यौपाने, जग्गा दाता गुणचन्द विष्ट लगाएतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा भवन निर्माण समितिका सयोजक कटटे्ल सहित जग्गादाता र आर्थिक सहयोग गर्न सहयोगीहरुलाइ कदर पत्र सहित सम्मान गरिएको थियो ।