चितवन निकुञ्ज भएर माडी ठोरी जाने बाटोमा कालोपत्रे गर्न प्रकृया अगाडि बढ्यो

चितवन, १८ भदौ । चितवन राष्ट्रिय निकुञ्ज भित्र कालोपत्रसहितको सडक निर्माणका लागि काम अगाडि वढाइएको छ ।

भरतपुरको जगतपुर ध्रुवघाटदेखि माडीको वनकट्टा र माडी डोरीको सडक दुवै क्षेत्रमा कालो पत्रे सडकसहित पुल निर्माणका प्रकृया अगािड वढेको हो । वातावरण मन्त्रलायले निकुञ्ज भित्र भौतिक संरचना निर्माणकालागि वातावरण प्रभाव मूल्याङ्कन (इआइए) गर्नको लागि २०७९ असोज ४ गते अनुमती दिएको थियो । हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय, विरगञ्जका प्रमुख ध्रुवकुमार झाले इआइए संगै डीपीआर पनि निर्माण गर्न अनुमती माग गरेको जानकारी दिनुभयो ।

एकै पटक दुइवटा काम सम्पन्न गर्ने योजना रहेको छ उहाले भन्नुभयो इआइए संगै डीपीआर सम्पन्न गर्न सकेमा अर्को आर्थिक वर्षबाट टेण्डर आव्हानमा जान सकिन्छ । भरतपुर माडी र माडी ठोरी सडकको स्थलगत निरिक्षण र अवलोकन गरेका छौ उहाले भन्नुभयो त्यसैले डीपीआरको लागि प्रकृया अगासडि वढेको हो । इआइएको लागि अनुमती पाएका छौ पछि डीपीआर गर्नको लागि फेरी अनुमती माग्नु पर्ने, युनेस्कोले अवरोध गर्न सक्ने भएकाले एकै पटक काम सक्नको लागि प्रकृया अगाडि वढाएको हो । अब एक हप्ता भित्र डीपीआरकोलागि अनुमती आउने निश्चित भएको छ ।

डिपिआर निर्माण गर्दा ‘अण्डरपास’ र ‘फ्लाइओभर’ बनाउने क्षेत्र निर्धारण गरिने भएको छ । भरतपुरबाट माडी प्रवेश गर्दा चितवन राष्ट्रिय निकुञ्जको नौ किलोमिटर जङ्गल पार गर्नुपर्छ । कसराबाट वनकट्टासम्म (राप्ती–रिउ) कच्ची सडक छ । हाल कसरास्थित राप्ती नदीको पुलदेखि ध्रुवघाट हुँदै वनकट्टास्थित रिउ नदीको पुलसम्म जाने सडक कालोपत्र बन्ने सम्भावना कम रहेको भन्दै विकल्पमा ध्रुवघाटबाट वनकट्टासम्मको सडक अघि बढाउन लागिएको हो । यो सडक झन्डै चार किलोमिटर छोटो हुनेछ । वन तथा वातावरण मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पहिलेकै बाटो सञ्चालनमा ल्याउने गरी वातावरणीय इआइए प्रतिवेदन तयार गर्न सहमति दिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जैविक विविधता संरक्षणका दृष्टिले ध्रुवघाट–वनकट्टा सडक उपयुक्त हुने भनेर इआइए गर्न सहमति दिएपछि सबै सरोकारवाला निकायले उक्त क्षेत्रको अनुगमन गरेको बताउनुभयो । न्यूनतम विधि, प्रक्रिया पूरा गरेर वन्यजन्तुमैत्री सडक निर्माणका लागि निकुञ्ज बाधक छैन उहाले भन्नुभयो वन्यजन्तु आवतजावत गर्ने क्षेत्रको जानकारीका लागि निकुञ्जले करिब २० जोडी क्यामेरा राख्ने तयारी गरेको छ । कसरा–वनकट्टा खण्डभन्दा चार किलोमिटर छोटो हुने, जैविक विविधतामा कम असर गर्ने भएकाले ध्रुवघाट–वनकट्टालाई प्रस्ताव गरिएको उहाँले बताउनुभयो । निकुञ्जमा सडक कालोपत्रे नहुदा यात्रा गर्न जोखिम र असहज हुदै आएको छ । बाटोको विषयमा दर्जनौ पटक स्थानीय जनप्रतिनिधि, प्रदेश तथा संघीय सांसदले सरकारको ध्यानाकर्षण गराइसकेका छन् ।

 

शेयर गरौ

ताजा अपडेट