काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबारमा आगो लगाउने धम्की दिएका छन् ।
शनिबार राति सामाजिक सञ्जालमा लेख्दै बालेनले सरकारप्रति आक्रोश पोख्दै आगो लगाउने चेतावनी दिएका हुन् । सरकारले महानगरको गाडी रोकेको भन्दै बालेनले आक्रोश पोखेका हुन् ।
उनले सरकारलाई चोर सरकारको संज्ञासमेत दिएका छन् । ‘आजको लागि केही भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार,’ उनले लेखेका छन् । उनले लेखेको स्टाटस अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।