चितवन । चितवन जिल्लामा शिक्षाको क्षेत्रमा कार्यरत गैरसरकारी संस्था तथा शैक्षिक रूपान्तरण अभियानमा सरिक अभियन्ता व्यक्तिहरुको सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला शाखा चितवनको १४ औ साधारणसभा एक समारोहबीच नारायणगढमा सम्पन्न भएको छ ।
जिल्ला संयोजक रामचन्द्र आचार्यको अध्यक्षता र गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला अध्यक्ष पार्वती घिमिरे दवाडी ज्यूको प्रमुख आतिथ्यता उद्घाटन सत्र सम्पन्न भएको हो ।
जिल्ला सचिव कमलराज खनालले प्रगति प्रतिवेदन र कोषाध्यक्ष अनिता नेपालीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
काठमाडौंमा २०८० असोज ६र ७ गते हुँदै गरेको केन्द्रीय साधारणसभाकालागि २ जना प्रतिनिधि समेत छनौट गरेको कार्यसमिति सदस्य किशोर खनालले जानकारी दिनु भयो ।