सरकारद्वारा ६५८ अस्थायी दरबन्दी स्वीकृत

 

काठमाडौं ७ भदौ । सरकारले विभिन्न सरकारी निकायमा ६५८ राजपत्रांकित श्रेणीका कर्मचारीको दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का दुई बैठकका निर्णयबाट विभिन्न मन्त्रालयको प्रस्तावमा ६५८ राजपत्रांकित श्रेणीका कर्मचारी दरबन्दी स्वीकृत गर्ने निणर्य गरिएको हो ।

सरकारकी प्रवक्तासमेत रहेकी सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले बिहीबार ती निर्णय सार्वजनिक गरेकी हुन् । सबैभन्दा धेरै अस्थायी दरबन्दी सहरी विकास मन्त्रालयअन्तर्गत स्वीकृत भएका छन् । सहरी विकासले चालु आर्थिक वर्षका लागि ४६८ जना अस्थायी कर्मचारीका लागि दरबन्दी स्वीकृत गराएको हो ।
कुनमा कति दरबन्दी गरियो स्वीकृत रु

१० सहरी विकास मन्त्रालय अन्तर्गत नयाँ सहर आयोजना लगायतका निकायहरुको आर्थिक वर्ष २०८०र८१ का लागि राजपत्रांकित श्रेणीका ४६९ अस्थायी दरबन्दी स्वीकृत गर्ने ।
२० चिकित्सा शिक्षा आयोग र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत निकायहरुका लागि राजपत्रांकित श्रेणीका ७४ अस्थायी दरबन्दी स्वीकृत गर्ने ।
३० वन तथा वातावरण मन्त्रालयअन्तर्गत २०८०र८१ का लागि सञ्चालन हुने संरक्षित क्षेत्र र जैविक मार्गका लागि एकीकृत भूपरिधि व्यवस्थापन आयोजना लगायतका १७ वटा आयोजना तथा कार्यक्रमहरुका लागि राजपत्रांकित श्रेणीको ३८ वटा अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति दिने ।
४० कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत आर्थिक वर्ष २०८०र८१ का लागि नेपाल लाइभस्टक सेक्टर इन्नोभेसन आयोजना र सो आयोजनाअन्तर्गत विकेन्द्रित आयोजना सहयोग इकाईहरुका लागि आवश्यक १९ वटा राजपत्रांकित पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने ।
५० सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि सरकारले ५८ जना राजपत्राङ्कित कर्मचारीको दरबन्दी स्वीकृत गर्ने ।
६० त्यसैगरी सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि सरकारले ५८ जना राजपत्राङ्कित कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ ।

शेयर गरौ

ताजा अपडेट