चितवन, २ भदाै ।
लायन्स क्लव अफ भरतपुरले चितवन मानव सेवा आश्रम शरदपुरमा आज खाद्य सामाग्री सहयोग गरेको छ ।
क्लवका अध्यक्ष हरिप्रसाद गैरेकाे जन्माेत्सवकाे अवसर पारी पाँच बाेरा चामल, एकबाेरा दाल, दुईबाेरा भुजा, एक कार्टुन तेल सहितका खाद्य सामाग्री बितरण गरिएको हाे ।
एक कार्यक्रमका बिच अध्यक्ष गैरेले आश्रमका ब्यवस्थापक नवराज पाेख्रेललाई खाद्य सामाग्री हस्तान्तरण गर्नुभयाे ।
कार्यक्रममा क्लवका निवर्तमान अध्यक्ष तीर्थ नेपाल,अध्यक्ष गैरेका धर्मपत्नी अम्बिका गैरे, उपाध्यक्षहरु सन्ताेष मजाकाेटि, मनाेज खड्का,शालिग्राम नेपाल काेषाध्यक्ष मनाेज श्रेष्ठ, लायन्स क्लव अफ भरतपुर ईन्द्रेणिका काेषाध्यक्ष राजु अधिकारी लगायत उपस्थित हुनुहुन्थ्यो ।
आश्रमलाई क्लबले सहयोग पुर्याउदै आएको छ । यसअघि क्लवका तर्फबाट नगद रु.एक लाख सहयोग भएको थियाे ।
आश्रममा हाल असाहाय एवम् बेसाहारा ४८ जनालाई संरक्षण दिई राखिएको ब्यवस्थापक पाेखरेलले जानकारी दिनुभयो ।