काठमाण्डौ ३० साउन । एयर इन्डियाको काठमाडौं दिल्ली उडानको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमा अड्किएपछि एक घण्टा उडान रोकिएको छ ।
विमानस्थल कार्यालयका अनुसार उडान नम्बर २१६ को जहाजको ह्विललक भएका कारण धावनमार्गमै अड्किएको हो । एयर इन्डियाको जहाज धावनमार्गमा अड्किँदा करिब एक घण्टा त्रिभुवन विमानस्थलमा उडान र अवतरण नै रोकिएको थियो ।
अपरान्ह सवा पाँच बजेदेखि भने उडान अवतरण सुरु भएको छ । ह्विल लक भएको जहाजलाई तानेर पार्किङतर्फ ल्याई धावनमार्ग खुला गरिएको थियो ।