आफ्नो सीप स्वदेशमा खर्च गर्न युवालाई प्रधानमन्त्री दाहालको अनुरोध

 

चितवन, २७ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो सीप स्वदेशमा नै खर्च गर्न युवालाई अनुरोध गर्नु भएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवस २०२३ को अवसर पारेर शनिबार चितवनमा भएको कार्यक्रममा सम्वोधन गर्दै उहाले युवाको सीपले राष्ट्र निर्माणको ठुलो योगदान दिने भएकाले मातृभूमिको माया गर्न अपिल गर्नु भएको हो ।
प्रधानमन्त्री प्रचण्डले विदेश जाने र विदेशमा रहेको सम्पूर्ण युवाहरुलाई आफ्नो सीप र क्षमता राष्ट्रको विकासमा खर्चिन अनुरोध गर्नुभएको हो ।‘विस्तारै देशले नयाँ गति लिँदै छ । लाखौ युवा भविश्य खोज्दै विदेश जाने क्रम वढ्दो रहेको सरकारलाई जानकारी भएपनि उनीहरुको इच्छा अनुसारका अवर प्रदान गर्न अहिले नै कठिन रहेको बताउनुभयो ।
उहाले भन्नुभयो हामीले देशमा नै केही गर्न सक्छौ भन्ने वातावरण बनाउदै र्छौ अव युवाहरुले स्वदेशमा नै अवसर भेटटउनु हुनेछ । उहाले देशभित्र र देश बाहिर रहेका लाखौँ युवालाई आफ्नो सृजना र क्षमता राष्ट्रको निर्माण लगाउन सके नेपालले नयाँ गति लिने बताउनुभयो । उहाँले श्रम बजारलाई मर्यादित र सुरक्षित बनाउन सरकार लागिपरेको जानकारी दिनुभयो ।
‘हिजो मात्रै सिंहदरबारमा ठुलो भेला गराएर छलफल गराएका थियौ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले के–कस्ता समस्या भोगिरहेका छन् र त्यसको समाधान कसरी गर्ने, देशभित्रको श्रम बजारलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भएको छ,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ‘यसले युवाहरुलाई स्वदेशमै रोजगारी सृजना गर्न महत्वपूर्ण भूमिका खेल्नेछ । सम्पूर्ण युवा लागे नेपालले आउने दिनहरुमा कोल्टे फेर्ने विश्वास राख्नुभयो ।

नेपालको कृषिको विकासका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसंग समेत छलफल भएको उहाँले जानकारी दिनुभयो । ‘नेपालको कृषि क्षेत्रलाई कसरी अगाडि बढ्ने विषयमा भारतीय प्रधानमन्त्रीसँग भारत भ्रमणका क्रममा कुरा भएको छ । त्यसको अध्ययनका लागि एउटा विज्ञ टोलीलाई भारत पठाउँदै छौँ’, प्रधानमन्त्रीले भन्नुभयो कृषिको विकासका लागि मल कारखाना समेत खोल्ने तयारीमा छौ ।

 

 

शेयर गरौ

ताजा अपडेट