खाडलमा डुबेर दाजुभाइको मृत्यु

कपिलवस्तु, २४ साउन । कपिलवस्तुको कृष्णनगर नगरपालिका ५ बगहीमा खाडलमा डुबेर दाजुभाइको मृत्यु भएको छ । मङ्गलवारदेखि हराएका वर्ष ५ का राजन यादव र वर्ष ७ का दाजु साजन यादवको शव घर नजिकैको पोखरीमा फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक मीन घलेले बताउनु भयो ।

प्रहरीलाई घरबाट हराएको भनी राति ९ बजे जानकारी भएको बताइएको छ । खोज तलास गर्ने क्रममा आज (बुधवार) बिहान ७ बजे डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । माटो निकालेर पानी जमेको खाडलमा दाजुभाइको शव फेला परेको बताइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट