चितवन, १९ साउन । पोल्ट्री व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेका प्रदीपकुमार रुङगटा पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
न्यायाधीस डिल्लीराम शर्मा अर्यालको बिहिबारको आदेशले रुङगटा जेल चलान भएको श्रेष्तेदार इश्वर आचार्यले जानकारी दिनुभयो । कँडेलले आत्महत्या अघि लेखेको ‘सुसाइट नोट’मा अनमोल फिड्सका चार्टर एकाउन्टेट जीवन रावल र सोही कम्पनीको ८५ प्रतिशत शेयर किन्नु भएका रुङगटाका कारण आफूले आत्महत्या गर्नुपरेको उल्लेख गरिएको थियो ।
किटानी जाहेर भएपछि रुङगटा फरार भएका थिए । उहाँ विहीबार आफै जिल्ला अदालतमा हाजिर हुन आएपछि कानुनी प्रकृया अगाडि वढेको श्रेष्तेदार आचार्यले जानकारी दिनुभयो । अनुसन्धान बाँकी रहेकाले थु्नामा राख्न आदेश दिइएको छ बाँकी काम प्रहरीले गर्नेछ उहाले भन्नुभयो ।
घटना भएको तीन महिनापछि हाजिर भएका रुङगटा अदालत परिसरमा नै वोहोस भएपछि अस्पताल भर्ना गरिएको छ । उहालाई भरतपुर अस्पतालमा भर्ना गरी उपचार गरिराखेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीले जानकारी दिनुभयो । भर्ना हुनु भएका व्यवसायी रुङगटाको साँझसम्म होस नआएको कार्कीले बताउनुभयो । स्लाइन पानी चढाएर उहालाई राखिएको छ । प्रहरीले उच्च निगरानी दिएको कार्कीले जानकारी दिनुभयो । आवश्यक अनुसन्धान अगाडि वढाइएको प्रहरीले बताएको छ ।
वैशाख १९ मा व्यवसायी कँडेल नारायणगढस्थित आफ्नै कार्यालयमा झुण्डिएर मृत अवस्थामा भेटिएको थियो । रुङगटालाई पक्राउ गर्न भन्दै आन्दोलन समेत भएको थियो ।