झापाको केचनामा अति भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

 

झापा १४ साउन । झापामा आज बिहान भारी वर्षा भएको छ । झापाको केचना वर्षामापन केन्द्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

सो क्षेत्र भई बहने स–साना खोलामा बाढीको जोखिम, तटीय डुबान भइरहने होचा भूभागमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । विभागले आज बिहान पौने ५ बजे सूचना जारी गरी भनेको छ स् झापाको केचना वर्षामापन केन्द्रमा पछिल्लो ३ घण्टामा अति भारी वर्षा भएको छ। सो क्षेत्र भई बहने ससाना खोलामा बाढीको जोखिम, तटीय डुबान भइरहने होचा भूभागमा उच्च सतर्कता अपनाऔँ ।’

मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ । यस्तै सय मिलिमिटरभन्दा माथि र दुई सयभन्दा मुनि मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ । अनि २ सय मिलिमिटरदेखि माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ ।

शेयर गरौ

ताजा अपडेट