कोशी सरकार : कार्कीले आजै मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने

काठमाडौं १२ साउन । सर्वोच्च अदालतको आदेशअनुसार कोशी प्रदेशको मुख्यमन्त्रीका रुपमा पुनर्वहाली भएका नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आजै जिम्मेवारी सम्हाल्ने भएका छन् । कार्की विराटनगर पुगेर प्रदेश सरकारको कामसमेत आजै थाल्ने भएका हुन् ।

कांग्रेस संसदीय दलका नेता उद्धव थापा असार २१ गते मुख्य मन्त्री बनेका थिए । उनको नियुक्ति अवैधानिक बाटोबाट भएको ठहरसहित सर्वोच्चले बदर गरेसँगै कार्कीले मुख्यमन्त्री सम्हाल्दैछन् ।

कार्कीले कामचलाउ मुख्यमन्त्रीको पद सम्हाल्ने भएका हुन् । उनले साउन १७ सम्म यो पदको जिम्मेवारीका रहनेछन् । कार्कीको पुनर्वहालीसँगै उनको सरकारका मन्त्रीहरूले पनि शुक्रबारदेखि नै मन्त्रालय सम्हाल्ने भएका छन्।

शेयर गरौ

ताजा अपडेट