पहिरो पन्छाएपछि मुग्लिन नारायणगढ सडक एकतर्फी सञ्चालन

 

चितवन, ९ साउन । पहिरो खसेर अवरुद्ध भएको मुग्लिन नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।
भारी वर्षापछि सडकखण्डको कालिाखोलमा विहान ७ बजे पहिरो आएर बवरुद्ध भएको सडक भर्खरै सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । सानासाना पहिरो आइरहेकाले केही समय वन्द हुने र खुल्ने क्रम भएको प्रहरीले जनाएको छ ।
डिभिजन सडक कार्यालय चितवनले पहिरो पन्छाउनको लागि डोजर तयारी अवस्थामा राखेको छ । एकतर्फी सवारी साधन सञ्चालनमा आएपछि बाटोवारपार गर्नको लागि सवारी साधनको लाइन भने ठुलै रहेको छ । साधुरो स्थानबाट यात्रा गर्न पर्दा जाम हुने समस्या भएको प्रहरीले जनाएको छ । पानी पर्न रोकिए पहिरो पन्छाएर दुइतर्फी सवारी साधन सञ्चालन गर्न सकिने प्रहरीले जानकारी दिएको छ ।

शेयर गरौ

ताजा अपडेट