क्यानडा ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको ब्राम्टनबाट क्षेत्रबाट सदस्य पदमा ब्यवसायी एवम् स्थानीय नेपाली समुदाय माझ लाेकप्रिय युवा कमल ज्ञवालीले उमेदवारी घाेषणा गरेका छन् ।
यही जुलाई ३० मा हुने निर्वाचनमा नेपाली कला संस्कृतिकाे प्रवर्द्धन, समुदायको हित र भाईचाराकाे अभिवृद्धि गर्ने उदेश्य सहित आफू सदस्य पदमा उमेदवार बनेको ज्ञवालीले बताए ।
करिब एकदशक देखि क्यानडामा रियल्टर र ड्राइभिङ इन्सटक्टरकाे पेशा अङ्गालेका उनी सरल, इमानदार र नेपाली समुदायमाझ अत्यन्त सहयोगी कार्यशैली भएका कारण लाेकप्रिय छन् ।
“म हरेक नेपाली समुदायका ब्यक्तित्वहरुसंग नजिक रहन, दुख:सुख मा सहयात्री बन्न र आपसी हित प्रवर्द्धन गर्न रुचि मान्दछु, मलाई यसमा सन्ताेष मिल्दछ ” ज्ञवालीले भने- “संस्थागत रुपमा जिम्मेवारीमा रहेर क्यानडामा रहेका नेपाली समुदायकाे सेवामा लाग्ने हुट्हुटि रहेकै कारण उमेदवार बन्ने निधाे गरेँ । “
गुल्मीमा जन्मिएका ज्ञवाली कला र गलाका धनी पनि छन् । नेपाली लाेक गित संगितलाई सम्वर्द्धन गर्नुपर्दछ, नेपाली भाषा संस्कृति जगेर्नामा याेजना बनाएर लाग्नुपर्दछ भन्ने उनमा दृढता छ ।
नेपाली समुदायको हित संगसंगै परदेशकाे माटाेमा नेपाली भाषा संस्कृतिकाे रक्षा गर्न आफू लागि पर्ने ज्ञवालीले बताए ।
नेपालमा छँदा विभिन्न सञ्चारमाध्याममा सामाजिक जनजागरण, लाेक संस्कृति सम्वर्द्ध जस्ता बिषय केन्द्रीत कार्यक्रमकाे उत्पादन एवम् सञ्चालन गरेका ज्ञवाली लाेकप्रिय सञ्चारकर्मी समेत हुन् ।
एक हजार ४६ जना मतदाता रहने निर्वाचनमा चारजना सदस्य पदमा विजयी हुनेछन् । अहिले सम्म ७ जनाले उमेदवारी घाेषणा गरेका छन् ।