पदमाेदय भलिबल आजदेखि, उद्घाटन खेलमा पदमोदय र कन्चन समाज भिड्ने

चितवन, १८ फागुन । पर्यटकीय नगरी पटिहानीमा आजदेखि सुरु हुने “पदमोदय खुल्ला नकाउट पुरुष भलिबल प्रतियोगिता २०७५” को सम्पुर्ण तयारी पुरा भएको छ ।
महाशिवरात्रीको अवसरमा पद्मोदय युवा क्लबको आयोजनामा फाल्गुन १८ गतेदेखि २० गतेसम्म प्रतियोगिता संचालन हुनेछ । प्रतियोगितामा १४ टिमको सहभागिता हुने क्लबका अध्यक्ष रामहरि सेढाईले जानकारी दिएका छन् ।
उद्घाटन खेलमा आयोजक पद्मोदय युवा क्लब र कन्चन समाज बिकास परिषदले प्रतिस्पर्धा गर्ने सेढाईले बताए ।
दोस्रो खेलमा हिमाल युवा क्लबले निरन्तर पार्वतीपुरको सामना गर्नेछ । प्रतियोगितामा प्रथम, द्वितीय र सान्त्वना हुने टिमले क्रमशः नगद रु. ५० हजार, रु. ३० हजार र रु.१०/ १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी विभिन्न बिधामा उत्कृष्ट हुन सफल खेलाडीहरुलाई आकर्षक पुरस्कारको समेत ब्यबस्था गरिएको छ । प्रतियोगिताका प्रबर्द्धकहरुमा भरतपुर महानगरपालिका, २२ नम्बर वडा कार्यालय र पटिहानी युवा तथा खेलकुद परिषद रहेका छन् । बिगत लामो समयदेखि भलिबल प्रतियोगिता गर्दै आएको क्लबले बिगतमा राष्ट्रिय र अन्तरास्ट्रिय पुरुष भलिबल प्रतियोगिता सम्पन्न गरेको थियो ।

शेयर गरौ

ताजा अपडेट