आज काहाँ कहाँ पानी पर्दैछ ?

काठमाडौँ ५ साउन । नेपालमा अहिले मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भू–भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज ९शुक्रबार० दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति भने देशभर आंशिकदेखि सामान्य बदली रहने छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बबई जलाधारको सानो श्री चेपाङ बर्दिया र आसपासका केही स्थानमा अति भारी वर्षा भएको छ ।

जसका कारण बबई नदीको सतह एक्कासी बढेको छ । तर, सतर्कता तहभन्दा तलै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । आसपासको स–साना खोलामा एक्कासी बाढी आउनुका साथै चेपाङ बस्ती आसपासको राजमार्गमा पहिरोको जोखिमरहेकाले बिहानसम्म सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

शेयर गरौ

ताजा अपडेट