राजु अधिकारी /चितवन,असार २८ ।
निर्जीवन बीमा कम्पनी नेपाल माईक्रो ईन्स्याेरेन्स लिमिटेडले आजबाट सेवा आरम्भ गरेको छ ।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पाैडेलले कम्पनीको नारायणगढमा स्थापना गरिएको केन्द्रीय कार्यालयकाे आज एक समारोहबीच उद्घाटन गर्नुभयो ।
उद्घाटनका क्रममा प्राधिकरणका कार्यकारी निर्देशक पाैडेलले
न्यून पुँजी लगाएर सञ्चालन गरिएका उधम, पशुपालन, साना ब्यवसाय आदिलाई लक्षित गरि लघु बीमाकाे अवधारणा अघि सारिएको बताउनुभयो ।
उहाँले जुन अवधारणाका साथ लघु बीमा कम्पनी खुलेको छ, यसले सिमान्तकृत , पिछडिएकाे क्षेत्र र विपन्न वर्ग वढि लाभान्वित हुने विश्वास ब्यक्त गर्नुभयो ।
नेपाल माईक्रो ईन्स्याेरेन्स नेपालकै पहिलो निर्जीवन लघु बिमा सेवा प्रदायक हुनपुगेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र नाथ रिमालले जानकारी दिनुभयो ।
न्यून आय भएका जनताकाे सानो पुजीबाटै सिञ्चित सम्पत्तिको सुरक्षाको लागि लघु बीमा प्रभावकारी हुने रिमालकाे दाबी छ । अन्य स्थानमा पनि शाखा स्थापना गरि देशैभर सेवा बिस्तार हुने रिमालले जानकारी दिनुभयो ।
७५ कराेड रुपैयाँ पुँजी रहेको यस कम्पनीले ५० लाख रुपैयाँ सम्मकाे सम्पतिकाे सुरक्षणका लागि बीमा गर्ने नीति लिएको कम्पनीले जनाएको छ ।