चितवनमा खोरको अभाव : नियन्त्रणमा लिएको बाघलाई पर्सा पठाइयो

 

चितवन, २४ असार । चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा रहेको बाघ राख्ने खोर भरिएको छ ।
चितवन निकुञ्जमा रहेको पाँचवटा खोर र पर्सा निकुञ्जको कार्यालय रहेको आधावारका खोर भरिएको हो । मानव वस्तीमा पसेर आक्रमण गर्ने, मानिस मार्ने, चौपाय मारेर मानव सुमदायमा पस्न सक्ने भनी नियन्त्रणमा लिएर राख्नको लागि बनाएको खोर भरिएको हो ।
चितवनको विभिन्न स्थानको वस्तीमा पसेर पशु चौपायलाई आक्रमण गर्ने बाघलाई नियन्त्रण लिएपछि यहाँ राख्न खोर अभाव भएपछि पर्सा पठाइएको छ । हामीकहाँ भएको खोर भरियो त्यसैले पर्सामा पठाएका छौ निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले भन्नुभयो । चितवनको कसरामा रहेको खोर र सौराहामा रहेको खोर भरिएपछि पर्सा पठाइएको हो । वर्दियामा मानिस मारेपछि त्यहाँबाट ल्याएको बाघलाई अझै खोरमा राखिएको छ । वानीमा सुधार नआएकाले तत्काल छाडन नसकिने सूचना अधिकारी तिवारीले बताउनुभयो ।
वुधबार नियन्त्रणमा लिएको बाघलाई आइतबार पर्साको खोरमा राखेर टोली फर्किको छ ।
१० वर्षको बाघले पश्चिम चितवनको मेघौली क्षेत्रका जनतालाई त्रसित बनाएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जले गत बुधबार नियन्त्रणमा लिएको थियो । तिवारीका अनुसार बस्ती नजिक आएर जनतालाई त्रसित बनाउने, घरपालुवा जनावरलाई आक्रमण गर्ने गरेको सो बाघलाई भरतपुर महानगरपालिका–२७ बाट नियन्त्रणमा लिइएको थियो ।
यहाँका खोर विगत एक वर्षदेखि भरिएका छन् । घाइते, समस्याग्रस्त तथा मानिसलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा लिएर राख्ने गरिन्छ । घाइते बाघलाई उपचारपश्चात् उसको अवस्था हेरेर सेटेलाइट जडान गरी निकुञ्जमा छाड्ने गरिएको तिवारीले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा एउटा बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्नका लागि बाँके राष्ट्रिय निकुञ्ज पठाइएको थियो । अर्को बाघलाई नियन्त्रणमा लिनु पर्ने अवस्था भएमा राख्ने ठाउ छैन उहाले भन्नुभयो नयाँ खोर निर्माण गर्नु आवश्यकता रहेको छ ।

शेयर गरौ

ताजा अपडेट