मुग्लिन नारायणगढ सडकखण्डमा पहिरो खस्यो बाटो अवरुद्ध

चितवन, २३ असार । सुख्खा पहिरो खसेपछि मुग्लिन नारायणगढ सडक खण्ड अपरान्ह ४ बजेदेखि अवरुद्ध भएको छ ।
अघिल्लो हप्ता तीन नम्वर पुलमा पहिरो गएर दुःख पाएको यस सडकखण्डमा अहिले कालिखोलाको स्थानमा पहिरो खसेर बाट अवरुद्ध भएको हो । पहाड नै खसेकाले पन्छाउन केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजय पण्डितले जानकारी दिनुभयो ।
रुख, चट्टान र माटो सहित पहिरो खसेर पूर्ण रुपमा बाटो अवरुद्ध पारेको प्रहरीले जानकारी दिएको छ । पहिरो झर्न रोकेपछि पन्छाएर अवरुद्ध बाटो खुलाउने प्रयास गर्ने प्रहरीले जानकारी दिएको छ ।
पहिरो जाने क्षेत्रमा सुरक्षा प्रदान गर्न, आपतकालिन सुरक्षा व्यवस्था गर्नको लागि मुग्लिन नारायणगढ सडक खण्डको जलवीरेमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । पहिरो जाने सम्भावित स्थानमा डोजर, सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

 

शेयर गरौ

ताजा अपडेट