काठमाडौँ २१ असार । मन्त्रालय भागबण्डा मिलाउन बालुवाटारमा सत्तारुढ १० दलको बैठक चलिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवासमा केही बेरअघि सत्ता गठबन्धनको बैठक शुरु भएको हो ।
हिजो साँझ बसेको बैठकमा मन्त्रालय बाँडफाँटबारे सहमति जुट्न नसकेपछि सत्ता गठबन्धनका दलबीच पुनः आज बिहानैदेखि छलफल भइरहेको हो । सत्तारुढ १० दलबीच मन्त्रालय बाँडफाँटमा कुरा मिल्न नसक्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।
हिजोको छलफलमा कांग्रेसले ९, जनता समाजवादी पार्टी ०जसपा० र नेकपा एकीकृत समाजवादीले ३÷३ तथा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० ले दुई मन्त्रालयमा दाबी गरेका छन् । आजको बैठकमा हिजोको बैठकमा वितरित सरकारको साझा न्यूनतम कार्यक्रमबारे पनि छलफल हुने नेताहरुले बताएका छन् ।