मोरङ १७ असार । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले पाँच दिन समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका छन् ।
उनले संविधानको धारा १६८ ९२० अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा मिलीजुली सरकार गठनका लागि आह्वान गरेका हुन् ।
अब दलहरुले २१ असारसम्म प्रदेशसभाका बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्री प्रस्ताव गर्नुपर्नेछ । शुक्रबार एमाले नेता हिक्मतकुमार कार्की प्रदेशसभाबाट विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए ।
आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णय, मुख्यमन्त्रीमा उद्धव थापालाई अघि सार्ने
नेपाली कांग्रेसले गठबन्धनसहितका दललाई समेटेर कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ । पार्टीको प्रदेश समितिका पदाधिकारीको काठमाडौंमा आइतबार बसेको बैठकले सरकारको नेतृत्व कांग्रेसभन्दा अरूलाई सुम्पिन नसक्ने निष्कर्ष निकालेको हो । प्रदेशमा बन्ने सरकारको पहिलो नेतृत्वले कांग्रेसले गर्ने निर्णय भएको कांग्रेस कोसी प्रदेशका उपसभापति रमेशजंग रायमाझीले जानकारी दिए ।
‘गठबन्धनको ठूलो दल भएकाले पहिलो २ वर्ष सरकारको नेतृत्व कांग्रेसले गर्छ । कांग्रेस कोबी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने र सरकार गठन गर्ने विषयमा शीर्ष नेताहसँग पहल गरिने छ,’ उनले भने, ‘कांग्रेस २ वर्षपछि सत्ता हस्तान्तरण गर्न तयार छ । तर, सरकारको पहिलो नेतृत्व कांग्रेसले नै गर्छ ।’
प्रदेश सरकारका लागि केन्द्रका शीर्ष नेताको पहल र सुझाव आवश्यक हुने हुँदा कांग्रेसका लागि सकारात्मक सन्देश प्राप्त हुनेमा विश्वस्त रहेको उपसभापति रायमाझीको भनाइ छ । नयाँ सरकार गठनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का शीर्ष नेतासँग छलफल भइरहेको उनले बताए । भने, ‘राप्रपाले पनि प्रदेश सरकारमा सामेल हुने संकेत गरेको छ । राप्रपासहित सरकार बनाउन सकिन्छ । राप्रपा सरकारमा सहभागी हुन्छ भन्ने विश्वास छ ।’
गठबन्धनको ठूलो दलको हैसियतले कांग्रेसको तुलनामा अन्यको दाबी फिक्का हुने रायमाझी बताउँछन्। कांग्रेसले २ वर्ष सरकार चलाएपछि नेकपा ९माओवादी केन्द्र० ले डेढ वर्ष र बाँकी समय नेकपा ९एकीकृत समाजवादी० ले सरकारको नेतृत्व गर्नुपर्ने कांग्रेसको दाबी छ ।
विश्वासको मत प्राप्त गर्न नसकेपछि एमाले कोसी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेको छ । कार्कीले गत शुक्रबार प्रदेशसभाबाट विश्वासको मत पाउन सकेनन्। मतदान हुँदा उनका पक्षमा ४६ र विपक्षी गठबन्धनको पक्षमा ४३ मत पर्यो । ९३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्याउन ४७ मत आवश्यक पर्छ ।
मतदानमा तटस्थ बस्ने निर्णयसहित विपक्षी गठबन्धनमै रहेको जनता समाजवादी पार्टी ९जसपा० मतविभाजनमा अनुपस्थित रहयो। प्रदेशमा एमालेका ४०, कांग्रेसका २९, माओवादी ९सभामुखबाहेक०का १२, राप्रपाका ६, समाजवादीका ४ र जसपाका १ जना प्रदेशसभा सदस्य छन् ।
एमाले नेतृत्वको सरकार ढलेपछि प्रदेशमा नयाँ सरकार गठनको रस्साकस्सी चलिरहेको छ । विपक्षी गठबन्धनमा आवद्ध दलले आलोपालो सरकार चलाउने बताउँदै आएका छन् । तर, सरकारको नेतृत्वमा माओवादीको पनि दाबी छ । माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो प्रदेशमा पहिलो सरकारको नेतृत्व माओवादीले गर्ने मोटामोटी सहमति भइसकेको बताउँछन् ।