चितवन १७ असार । भरतपुर जनसेवा बचत तथा ऋण सहकारी सस्था लिमिटेडको २७ औ वार्षिक उत्सवको अवसरमा नयाँ शेयर सदस्यलाई प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।
सहकारीमा बचत किन गर्ने, बचत गर्ने बानीले के कस्ता फाइदा हुन्छ, सहकारीबाट ऋण लिएर व्यवसायी कसरी गर्न सकिन्छलगायतका विषयमा प्रशिक्षण दिएको थियो । भरतपुर जनसेवा सहकारीको विभिन्न सेवा केन्द्र मार्फत सदस्यलाई प्रशिक्षण तथा सहकारी शिक्षा दिएको सञ्चालक समितिका सदस्य शोभा पण्डितले जानकारी दिनुभयो ।
सस्थाले साजन सेवाकेन्द्र, नौरङगे सेवा केन्द्रमा प्रशिक्षण प्रदान गरिएको थियो । सस्थाका अध्यक्ष कुलबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी प्रमुख व्यवस्थापक विष्णुहरि पराजुली, अध्यक्ष खत्रीलेले प्रशिक्षण दिनु भएको थियो । स्थानीयहरुले सञ्चालन गरेको सहकारीमा बचत गर्दा आफ्नो बचत डुव्ने खतरा नभएकाले ढुक्कसंग पैसा जम्मा गर्न अनुरोध गर्नुभयो । कार्यक्रम सस्थाका सचिव वेदप्रसाद बजगाइले सञ्चालन गर्नु भएको थियो ।
यसै गरी वार्षिक उत्सवको अवसरमा भरतपुर १० मा रहेको चित्रसेन राष्ट्रिय आधारभुत विद्यालयका १६३ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।