नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा

 

चितवन, १७ असार । नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।
शानिबार रातिदेखि बन्द भएको बाटो आइतबार साँझ ६ बजेबाट सञ्चालनमा आएका जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । पहिरोको कारण १७ घण्टा रोकिएका सवारीसाधन गन्तव्यतर्फ जान थालेका छन् । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गए राति १२ बजे पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।
सोही स्थानमा गत बिहीबारदेखि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हँुदै आएको छ ।

शेयर गरौ

ताजा अपडेट