एमाले विरुद्ध वदनाम गर्ने ठाँउ नभेटेएपछि जलहरी काण्ड मच्चाए : अध्यक्ष ओली

 

चितवन, १४ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस र एमाले मिलेर सरकार बनाउने विषयमा कुनै छलफल नभएको बताउनु भएको छ ।
भरतपुर विमान स्थलमा विहीबार पत्रकारसंग कुराकानी गर्दै उहाले बाहिर आएको हल्ला जस्तो सरकार बनाउने विषयमा कुनै छलफल नभएको बताउनुभयो । तत्काल एमाले र काँग्रेस कुनै पक्षबाट सरकार बनाउने विषयमा प्रस्ताव नै नभएको बताउनुभयो । सरकारको कामको विषयमा धारणा राख्दै पूर्व प्रधानमन्त्री समेत रहनु भएका ओलीले सरकारले गर्भ गर्न लायक कुनै पनि काम नगरेको टिप्पणी गर्नुभयो ।
सरकारले के त्यस्तो राम्रो काम गरेको छ मलाइ भन्न सक्नुहुन्छ उहाले प्रश्न गनुर््भयो‘ भ्रष्टाचारको विषयमा खुलेका फाइल र नियन्त्रणमा लिएका विषय सरकारले गरेको होइन ।’ अध्यक्ष ओलीले भन्नुभयो ‘निरन्तर प्रकृयाबाट अगाडि वढेको विषय हुनु, अस्ती प्रधानमन्त्रीले भन्नु भएको थियो ककसलाई नियन्त्रणमा लिएको छ त्यो मलाइपनि थाहा छैन ।’ प्रधानजमन्त्रीलाई समेत थाहा नभएको कुरालाई सरकारले काम गरेको भन्नु सकिदैन । देशलाई दीर्घकालिन विकासको काम केही गरेको पाएको छैन ।
पत्रकारले राखेको प्रश्नमा अध्यक्ष ओलीले सरकारको लोकप्रियता हरेक दिन ओरालो लाग्दै गएको बताउनुभयो । उहाले भन्नुभयो सरकारमा सरकार स्वास्र्थसंग जोडिएको छ देश बनाउन र जनताको हितका पक्षमा लागेको देखिएको छैन । यो सरकार टिप्पणी गर्न लायक छैन । प्रोफेसरको हड्डी भाच्ने मानिसलाई छाड्ने काम सरकारले गरेको छ अध्यक्ष ओलीले भन्नुभयो के यसलाई राम्रो काम भन्न सकिन्छ ?
पूर्वप्रधानमन्त्री ओलीले पशुपति नाथको मन्दिरमा राखेको जलहरीको विषयमा अनावश्यक उचालेर मिडियावाजी गरेको बताउनुभयो । पहिला पित्तल राखेको भनियो । ११ किलो सुन हरायो भनियो । जाँचवुझ भयो सवै सुन भएको पाइयो । सबै कुरा त छानविनबाट प्रष्ट भएको छ । एमाले विरुद्ध वदनाम गर्ने ठाउ नभएपछि एकजना संसदमा कराए । असाध्यै अमर्यादित भएर वोले त्यसको पछि लागेर केही व्यक्ति, मिडिया पछि लागे अहिले सवैले वास्तविक थाहा पाएपछि चुप लागेका छन् उहाले भन्नुभयो । सस्कृति सभ्यता र ऐतिहासिक विषय नबुझनेहरुको लागि यो विषय ठुलो भएको हो अध्यक्ष ओलीले भन्नुभयो ।
धान दिवसको अवसरमा चितवन आउनु भएका अध्यक्ष ओली विहीबार साँझ र शुक्रबार दिनभरी विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।

 

शेयर गरौ

ताजा अपडेट