सार्वजनिक जग्गा व्यक्तिका नाममा पास गरेको अभियोगमा पूर्व गाविस अध्यक्ष सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

 

काठमाडौं ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखराको सराङकोटमा सार्वजनिक जग्गा मिचेर भ्रष्टाचार गरेको आरोपमा तत्कालीन गाविस अध्यक्षसहित ६ जनाविरूद्ध मुद्दा दायर गरेको छ । आयोगले बिहीबार विशेष अदालतमा सार्वजनिक सम्पत्तिको हानिनोक्सानी दुरूपयोग गरेको भन्दै मुद्दा दायर गरेको हो।

आयोगले तत्कालीन सराङकोट गाउँ विकास समिति ९गाविस० का अध्यक्ष मोदनाथ रेग्मी, झपटबहादुर थापा, वडा सदस्य ऐमबहादुर थापा, सचिव मानबहादुर थापा, प्रतिवादी दिलबहादुर गुरूङ र वडा ७ बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष भरतबहादुर थापाविरुद्ध मुद्दा दायर गरेको हो ।

पोखरा महानगर– १८ सराङकोटस्थित करिब ५६ रोपनीको सार्वजनिक जग्गा मिचेर नक्सा पास नगरी घर निर्माण गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो। उक्त उजुरी परेपछि अख्तियारले अनुसन्धान गर्दा उनीहरूले भ्रष्टाचार गरेको खुलेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

दाहालका अनुसार कानुनले नदिएको अधिकार प्रयोग गरी तत्कालीन साराङ्कोट गाविसका अध्यक्ष मोदनाथ रेग्मी लगायतले बाटो सार्वजनिक जग्गाबाट बाटो खोल्न अधिकार दिएका थिए । तत्कालीन जनप्रतिनिधिहरूले बाटो बनाउन बजेट व्यवस्था गर्ने भन्दै कानुनले प्रदान नगरेको अधिकार प्रयोग गरी सरकारी जग्गा वडास्तरीय भेला गराएर टेन्डर आह्वान गरेका थिए।

त्यसरी बोलकबोल गर्नेबाट प्रस्ताव गरी रकम लिएर अस्थायी बसोबासका लागि प्रमाणपत्र दिएर सरकारी जग्गा अनधिकृत तवरले बिक्री गरेको अख्तियारले जनाएको छ। अख्तियारले उनीहरूसँग एक करोड ५० लाख बिगो माग गरेको छ ।

शेयर गरौ

ताजा अपडेट