धुर्मुस-सुन्तली फाउन्डेसनले तिर्नुपर्ने करमा छुट दिने सरकारको निर्णय

काठमाडौँ ।सरकारले धुर्मुस-सुन्तली फाउन्डेसनले तिर्नुपर्ने गिरानचौर एकीकृत नमुनाबस्ती पुनर्निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजनाको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरणपछि चुक्ता गर्न बाँकी कर छुट दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

त्यस्तै बैठकले नेपाल-चीन सिमानाको तातोपानी झ्याङ्मुस्थित सीमा चिह्न स्तम्भ (५३) १ लाई संयुक्त रूपमा पुनः स्थापनाका लागि नेपाली टोली गठन गर्ने निर्णय भएको सरकारी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

मन्त्री शर्माले मंगलबारको बैठकको निर्णयबारे जानकारी दिँदै भनिन्, ‘धुर्मुस-सुन्तली फाउन्डेसनले गिरानचौर एकीकृत नमुना बस्ती पुनर्निर्माण तथा पर्यटन प्रवर्द्धनको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरण गर्दा जुन कर थियो, त्यसको चुक्ता, असुल उपर गर्नुपर्ने अग्रिम कर छुट दिने भन्ने निर्णय भएको छ । नेपाल-चीन सिमानाको तातोपानी झ्याङ्मुस्थित सीमा चिह्न स्तम्भ (५३) १ लाई संयुक्त रुपमा पुनः स्थापनाका लागि नेपाली टोली गठन गर्ने भन्ने निर्णय भएको छ ।’

मन्त्री शर्माले मन्त्रिपरिषद् बैठकमा विपद्का बारेमा थप व्यवस्थापन गर्नेबारेमा छलफल भएको बताइन् ।

शेयर गरौ

ताजा अपडेट