चितवन २ असार । भरतपुर आपटारी सवस्टेशनमा मर्मत गर्नु पर्ने भएकाले सोमबार भरतपुरका विभिन्न स्थानमा लोडसेडिङ हुने भएको छ ।
विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले दिएको जानकारी अनुसार असरा ४ गते सोमबार न्यु भरतपुर आपटारी सबस्टेसन (१३२÷११ के भि) मा मर्मत कार्यका गर्नु पर्ने भएकाले यस फिडर अन्तर्गत बिहान ७ बजे देखि १२ बजे सम्म बन्द रहने छ ।
विद्युत वन्द हुनु समय भन्दा अगाडिनै काम सम्पन्न गर्न प्राधिकरणले जनाएको छ । मर्मत अगाडिनै भएमा तोकिएको समय भन्दा अगाडिनै विद्युत आउने प्राधिकरणका सूचना अधिकारी राजेन्द्र पौडेलले जानकारी दिनुभयो ।
कहाँ कहाँ जान्छ विद्युत हेरौ
१) ११ के भि औद्योगिक ३ फिडर – नगरबन, बेलचोक बाहघरे रामघाट क्षेत्रका उद्योेगहरु ।
२) ११ के भि क्षेत्रपुर फिडर – प्रहरी तालिमकेन्द्र, लायन्सचोक शहिदचोक पुलचोक लिलाचोक सहित क्षेत्रपुर एरिया ।
३) ११ के भि देबघाट फिडर – देबघाट रामनगर जुगेडी सिमलताल , चौकीडाडा, दाहखानी उपरदाङगढीसम्म ।
४) ११ के भि कल्याणपुर फिडर – ससस्त्र प्रहरी आपटारी र नारायण्ीा लिफ्ट सिचाई ।