१६ औँ मेयर्स चितवन च्याम्पियनसिप ट्रफी क्रिकेट प्रतियोगिता क्याम्पाचौरमा सुरु

चितवन, १७ फागुन : 

१६ औँ मेयर्स चितवन च्याम्पियनसिप ट्रफी क्रिकेट प्रतियोगिता नारायणगढको क्याम्पाचौरमा आजबाट सुरु भएको छ ।

प्रतियोगितामा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल प्रमुख अतिथि रहनु भएको थियो । भरतपुर महानगरप्रमुख दाहालले व्याटिङ गरी क्रिकेट प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै दाहालले राष्ट्रको गरिमा बढाउन खेलाडीहरुको महत्वपुर्ण हात रहेको बताउनुभयो ।  उहाँले तोकिएकै समयमा रामपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्ने दाबी समेत गर्नुभयो ।

चितवन जिल्ला क्रिकेट संघका (क्यान) चितवनका अध्यक्ष कैलाश प्रधानको अध्यक्ष्यतामा भएको प्रतियोगितामा ६ टिम सहभागी रहेका छन् ।

प्रतियोगिता जित्नेले नगद एक लाख रूपैयाँसँगै ट्रफी र मेडल र दोस्रोले पचास हजार रूपैयाँ, ट्रफी र मेडल पाउने छन् भने हरेक खेलमा ‘म्याद अफ दी म्याच’ पुरस्कार तीन हजार रूपैयाँ र ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताका उत्कृष्ट ब्याट्सम्यानलाई पाँच हजार रूपैयाँ र ट्रफी पाउनेछन् ।

प्रतियोगितामा उत्कृष्ट बलरलाई पाँच हजार रुपैयाँ र ट्रफी तथा उत्कृष्ट खेलाडीलाई दस हजार रूपैयाँ नगद र ट्रफी प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

शेयर गरौ

ताजा अपडेट