चितवन । शिक्षाको विकासका लागि राज्यले प्रयाप्त बजेट विनियोजन गर्नु पर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
शिक्षाको लागि राष्ट्रिय अभियान चितवन जिल्लाले भरतपुरमा शुक्रबार आयोजना गरेको कार्यक्रममा सहभागीहरुले बजेटको अभावकै कारण सोचे अनुसारको प्रगती हुन नसकेको बताएका छन् । नेकपा एमालेका वागमती प्रदेश कमिटी सदस्य मुकुन्द दाहालले देश विकासका लागि जनशक्तिलाई दक्ष र गुणस्तरीय बनाउनु पर्दछ । त्यसको लागि गुणस्तरीय शिक्षा अवश्यकता पर्दछ तर राज्यले आवश्यकता अनुसारको बजेट निकासा नगर्दा उचित प्रगती हुन नकसकेको बताउनुभयो ।
सवैको लागि शिक्षा भनेपनि अफै विद्यालय बाहिर बस्ने बालबालिका, विचैमा कक्षा छाड्ने बालबालिका समाजमा रहेकाले यसको समाधानको लागि सवै पक्षको सहयोग आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव ध्रुव पोखरेलले शिक्षाको पहुचबाट कुनैपनि नागरिक बन्चित हुन नहुने बताउनुभयो । सिमित स्रोत साधनबाट सवै नागरिकलाई शिक्षाको उज्यालो पु¥याउनु पर्ने सरकारको वाध्यता रहेपनि शिक्षित जनशक्ति विना देश विकास सम्भव नहुने बताउनुभयो । सरकार, अभिभावक, शिक्षासंग सम्वन्धीत सबै पक्षलाई यस विषयमा जागरण फैलागु पर्ने बताउनुभयो ।
कार्यक्रममा महिला, बालबालिका, शिक्षा लगायतको क्षेत्रमा काम गर्ने संघ सस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो युथ क्लब नारायणगढ, सेतो गुराँसलगायतका सस्थाबाट सहभागी भएका थिए । शिक्षाका लागि राष्ट्रिय अभियान चितवन जिल्ला संयोजक रामचन्द आचार्यले कार्यपत्र प्रस्तुत गर्दै राज्यले शिक्षाको क्षेत्रमा कम्तीमा २० प्रतिशत बजेट छुट्याउृनु पर्नेमा जोड दिनुभयो । उहाले संविधानले दिएको मौलिक अधिकार भित्र शिक्षा परेकाले यस विषयमा राज्यले गम्भिर भएर शिक्षाको क्षेत्रमा बजेट तथा कार्यक्रम वृद्धि गर्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रम अभियानका जिल्ला सचिव कमल खनालले सञ्चालन गर्नु भएको थियो ।