जिल्ला स्तरीय वक्तृत्वकलामा देवेन्द्र श्रेष्ठ प्रथम

 

चितवन, १३ जेठ ।

जिल्ला युवा समिति चितवनको आयोजनामा आज शनिबार भएको वक्तृत्वकला प्रतियोगितामा भुवानीशंकर बहुमुखी क्याम्पसमा छात्र देवेन्द्र श्रेष्ठ प्रथम भएका छन् ।
प्रदेश युवा परिषद्को आर्थिक सहयोगमा भएको वक्तृत्व कला प्रतियोगिता युवा र नवप्रवर्द्धन विषयमा भएको थियो । उक्त प्रतियोगितामा सप्तगण्डकी बहुमुखी क्याम्पसका छात्र अर्जुन अर्याल दोस्रो, मोहन माध्यमिक विद्यालय भरतपुरकी छात्रा मिका घर्ती तृतीय र अरोमा इङ्गलिस स्कुलकी प्रदिप्ती कँडेल ले प्रोत्साहन पुरस्कार पाएका थिए ।
जिल्ला युवा समिति चितवनका अध्यक्ष रामचन्द्र लम्सालको अध्यक्षतामा भएको प्रतियोगितामा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी प्रमुख अतिथि थिए । भने निर्णायकमा कवि भूपिन, पत्रकार प्रतिमा सिलवाल र प्राध्यापक शिरोमणि पराजुली थिए ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश १५ हजार, १० हजार र ५ हजार रुपियाँ पुरस्कार राशी रहेको कार्यक्रम सञ्चालक विपिन पाठकले जानकारी दिए ।

शेयर गरौ

ताजा अपडेट