चितवन पोष्टका प्रबन्ध सम्पादक जीवराज अर्यालको निधन, आजै अन्त्यष्टी गरिने

चितवन समाचार डटकम
चितवन १७ फागुन ।

चितवन पोष्ट दैनिकका प्रबन्ध सम्पादक जीवराज अर्यालको आज दिउसो उपचारका क्रममा निधन भएको छ ।
छाती सम्वन्धी समस्या भएर भरतपुर अस्पतालमा भर्ना हुनु भएका अर्यालयको आज दिउसो १ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उपचारको लागि केही दिन अगाडि अस्पतालको आइसियुमा भर्ना हुनु भएका अर्याललाई छाती, पेट सम्वन्धी समस्या थियो । यस अघि उहालाई भारतको विभिन्न अस्पतालमा उपचार गरी ल्याइएको थियो ।
एक्कासी समस्या भएपछि भरतपुर अस्पताल भर्ना हुनु भएको थियो । उहाँको एक श्रीमती दुइ सन्तान रहेका छन् । उहाँको आजै देवघाटमा अन्त्यष्टी गरिने भएको छ । १० महिना अगाडि उहाँका दाजु धर्मराज अर्यालको पनि छाती सम्वन्धी समस्याको कारणले निधन भएको थियो । अर्याल दाजुभाईले चितवनको पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान दिनु भएको छ ।

शेयर गरौ

ताजा अपडेट