सुर्तीजन्य पदार्र्थको सेवनबाट बच्न युवालाई युथ क्लब नारायणगढको सचेतना कार्यक्रम

चितवन १३ जेठ । युवा वर्गलाई सुर्ती जन्य पदार्थ तथा लागुपदार्थको सेवनबाट बच्नको लागि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
युथ क्लब नारायणगढको समन्वय र स्वास्थ्य कार्यालय चितवनको सहयोगमा लागुपदार्थको सेवानबाट कसरी बच्ने भन्ने विषयमा शनिबार नारायणगढमा कार्यक्रम भएको हो । साथीको सल्लाहमा, आफूलाई ठुलो मान्नेछ बन्ने होडमा वा अन्य भन्दा फरक महसुस गर्ने भन्दै चुरोट, खैनी गाँजा, माद्यक पदार्थ जस्ता सेवन गर्दा कुलतमा पर्न सक्ने जानकारी गराइएको थियो ।


युथ क्लब नारायणगढका अध्यक्ष शालिग्राम नेपालको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालयका अधिृकत भावना पाण्डेले प्रशिक्षण दिनु भएको थियो । स्वास्थ्यकर्मी निश्चल सापकोटाले कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो । युवालाई समाजिक काममा अगाडि बढाउन, आफ्नो भविश्यको बारेमा समयमा नै ध्यान दिएर काम गर्नको लागि उत्प्रेरणा जगाउने काम क्लबले विभिन्न कार्यक्रम मार्फत गराउने गर्दै आएको छ ।
प्रशिक्षण कार्यक्रममा क्लबका उपाध्यक्ष दयाराम कडेल, क्लबका निवर्तमान अध्यक्ष रामबाबु श्रेष्ठ, महासचिव रामचन्द्र आचार्यले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा एनपीआइ फार्मेसी आस्था चोक, अरोमा कलेज, वालकुमारी कलेज, मिलेनियम कलेजल र विद्यालय बाहिरका युवालगायतको सहभागिता रहेको थियो । आउदा दिनमा क्लबले युवा लक्षित नयाँ कार्यक्रम ल्याउने क्लबका अध्यक्ष शालिग्राम नेपालले जानकारी दिनुभयो ।

 

शेयर गरौ

ताजा अपडेट