युथ क्लब नारायणगढ र भरतपुर महानगरपालिका बीच बृहत बाल भेला गर्न सम्झौता

चितवन । युथ क्लब नारायणगढ र भरतपुर महानगरपालिका बीच महानगर स्तरीय बृहत बाल भेला आयोजना गर्ने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
युथ क्लब नारायणगढका नव निर्वाचित अध्यक्ष शालिग्राम नेपाल र स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ता कुमारी पौडेल (निर्देशक अधिकृत स्तर छैटौ) बीच आइतबार  एक समारोह सहित सम्झौता सम्पन्न भएको हो ।

शालिग्राम नेपालले अध्यक्षको पदभार सम्हालेको २४ घण्टा भित्र नै कार्यक्रमको लागि महानगरसंग सम्झौता गर्नुभएको  युथ क्लब नारायणगढका महासचिव रामचन्द्र आचार्यले बताउनुभयो ।
युथ क्लबका निवर्तमान अध्यक्ष रामबाबु श्रेष्ठ उपाध्यक्ष दयाराम कंडेल, महानगर गैसस समन्वय तथा सामुदायिक परिचालन शाखा प्रमुख शुकदेब ढकाल लगायतको उपस्थितिमा सम्झौता सम्पन्न भयो ।

शेयर गरौ

ताजा अपडेट