चितवन मेडिकल कलेजका एकजना छात्रा काेठामा मृत फेला

चितवन समाचारडटकम, २७ बैशाख ।
चितवन मेडिकल कलेजमा अध्ययनरत एकजना छात्रा भरतपुर-१० सप्तगण्डकी चाेकमा रहेकाे काेठामा आज दिउसाे मृत अवस्थामा फेला परेकी छिन् ।
पाेखरा नदिपुर घर भई हाल भरतपुरमा बसाेबास गरि चितवन मेडिकल कलेजमा दन्त चिकित्सक चाैथाे बर्षमा अध्यनरत छात्रा बर्ष २३ कि सिमरन थापा काेठामा पंखामा झुन्डिएको अवस्थामा मृत फेला परेकि हुन् । मृतक थापा कलेज पाेशाकमै छिन् ।
आज बिहान १० बजेवाट चलेको परिक्षामा सहभागी बिधार्थी थापा करिव सांढे ११ बजे तिर काेठामा फर्किएकि थिईन् । तर, परिक्षा १ बजे सम्म चलेकाे थियाे ।
उनी संगै काेठामा बसि एउटै कक्षामा पढ्ने दुईजना साथीहरू परिक्षा सकेर दिउसो १ बजे काेठामा फर्किदा थापा झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खवर भएको थियाे ।
सप्तगण्डकि चाेककाे गंगावहादुर थापाकाे घरकाे पहिलाे तलाकाे दुईवटा काेठा र एउटा किचन भाडामा लिएर मृतक थापा र उनका साथीहरू बिराटनगरकी अस्मिता ठाकुर र बुटवलकी रिदिका रिजाल बस्ने गरेका हुन् ।
“हामी आउदाँ बाहिर पट्टिकाे जालि ढाेकामा चुकुल लगाएको रहेछ , धेरै बाेलायाैं चिच्यायाै तर चुकुल नखाेलेपछि बरण्डा तर्फबाट झ्यालमा गएर हेर्दा झुन्डिएको देख्यौं ” सिमरनकि साथि रिदिका रिजालले भनिन् ।
तिनैजना ओरल मेडिसिनकाे परिक्षा दिन काेठावाट संगै विहान १० बजे निस्किएका थिए ।
“जाँच दिन जानु अघि अरु बेला भन्दा अलि मुड अफ चाहिँ देखेको थिएँ ,अरु खासै कुरा भएको थिएन ” भावविह्वल मुद्रामा रहेकि रिजालले भनिन् ।
घटनास्थलमा प्रहरी पुगेकाे छ । पाेखरामा रहेका मृतकका आफन्त आएपछि मात्रै शव निकालिने प्रहरीले जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट