चितवन १६ वैशाख । पाच वर्षपछि भ्रष्टाचारको उजुरी हाल्न नपाउने प्रावधान खारेजीको माग राख्दै नवलपुरको गैंडाकोटमा रिले अनसन सुरु गरिएको छ ।
समाजिक अभियन्ता गोकुल सापकोटाको संयोजकत्वमा पाच वर्षपछि भ्रष्टाचारको उजुरा हाल्न नपाउने प्राबधान हटाउनु पर्ने, अयोग्य लडाकुलाइ पैसा दिन नहुने भन्दै रिले अनसन सुरु गरेको हो । आफ्नो माग पूरा नहुदा सम्म अनसन जारी रहने सापकोटाले बताउनु भयो । अयोग्य लडाकुलाइ पैसा होइन रोजगारी वा व्यवसायम लगाउनु पर्ने, राज्यक्प ढुकुटीको दोहोन गर्न नहुने, भ्रष्टाचारीको विषयमा उजुरी हाल्न सिमा अबधी तोक्न नहुने, भ्रष्टाचारको बारेमा अख्तियारलाई नै जिम्मा दिने, जनताको समस्या समाधान गर्न सरकार गम्भीर हुनु पर्ने लगायतको माग राखिएको छ ।
अनसनमा २० जना सहभागी रहेका छ्न ।
सापकोटाको नेतृत्वमा यस अगाडि गैंडाकोट तर्फ नारायणी नदीमा तटबन्धन गर्नु पर्ने भन्दै नारायणी नदी व्यबस्थापन कार्यालयलाइ दवाव दिन आन्दोलन गर्नु भएको थियो । उहाको आन्दोलनपछि कार्यालयले मागलाइ सम्बोधन गर्दै तटबन्धन गर्न सहमत भएर डिपीआर सुरु गरेको छ ।
