चितवन । रामवेल सामुदायिक वनले स्थापना दिवसको अवसरमा राइनो तालमा सरसफाइ गरेको छ ।
सामुदायिक वनको २३ औ स्थापना दिवसमा भरतपुर महानगरपालिका वडा नंं १२ मा रहेको राइनो तालमा सरसफाइ गरेको हो । सस्थाका अध्यक्ष माधवप्रसाद धितालको सभापतित्वमा भएको सरसफाइ कार्यक्रममा ताललाई पर्यटकीय आकर्षण केन्द्रको रुपमा विकास गरिने तयारी भएको छ ।
भरतपुर महानगरपालिका वडा नंं १२ का अध्यक्ष हरि पन्तले महानगरको पर्यटकीइ गन्तव्यको रुपमा विकास गर्न वडाले काम गर्ने बताउनुभयो । तालमा अहिले भ्यु टावर निर्माण गरिएको छ भने वस्ने स्थान, ढुंङगा सयरको व्यवस्था रहेको छ । यस क्षेत्रमा अन्य आवश्यक पूर्वाधार निर्माण गरिने तयारी रहेको उहाले बताउनुभयो ।
सरसरफाइ संगै ताललाई प्लाष्टिक मुक्त गरिने रामवेल सामुदायिक वनका सल्लाहकार शोभा पण्डितले बताउनुभयो । ताल आउने पर्यटकले प्लाष्टिकका झोला नल्याउन अनुरोध गर्नुभयो । ताल प्रवेश गर्ने स्थानमा आकर्षक गेट निर्माणको तयारी समेत गरेको छ । चलचित्र, म्युजिक भिडियो, टिकटक सुटिङको लागि ताल आकर्षण रहेको छ । यस क्षेत्रमा आन्तरिक पर्यटकको भिड लाग्ने गर्दछ ।
ताल प्रवेशबाट आय आर्जनको बाटो गर्नको लागि विकासका पूर्वाधारलाई प्राथमिकता दिने सामुदायिक वनका सल्लाहकार पण्डितले जानकारी दिनुभयो । सरसफाइ कार्यक्रममा वनका पूर्व अध्यक्ष वेदवहादुर थापा, सल्लाहकार भोजराज कौडाल, धमेन्द्र थापा लगायतको सहभागिता रहेको रहेको थियो ।
