एमाले काँग्रेसले छ हजार ५२५ मत पाउदा रविको मात्रै दस हजार माथि

चितवन, ११ वैशाख  । भरतपुर महानगरपालिकाको दुइ वटा वडाको मतगणना हुदा एमाले काँग्रेस पार्टीका उमेदवारले ल्याएको मत भन्दा दोब्बर मतान्तरले रवि लामिछाने अग्रता कायम गर्नु भएको छ ।
राति ९ः३० सम्मको मत परिणाम अनुसार लामिछानेले एक्लैले दस हजार १३० मत ल्याउदा एमालेका रामप्रसाद न्यौपानले र काँग्रेसका जितनारायण श्रेष्ठ दुइजनाले पाएको मत छ हजार ५२५ रहेको छ । दुइ दलका नेताले पाएको मत भन्दा लामिछानेले पाएको मतको मतान्तर छ हजार ९६२ मत रहेको छ ।
एमालेका न्यौपानले ३ हजार ३५७ र काँग्रेसका श्रेष्ठले ३ हजार १६८ मत प्राप्त गर्नु भएको छ । भरतपुरको वडा नं. १ र २ मा गत निर्वाचनमा नेपाली काँग्रेसले जितेको थियो । भरतपुरको वडा नंं ३, ४, ५, ७, १०, ११, १२ र २९ वडाको गणना हुन बाँकी छ । भरतपुरको वडा नंं. ४ र ७ लामिछानेको अझ धेरै प्रभाव रहेको स्थान हो । यस निर्वाचन क्षेत्रमा लामिछाने प्रचारमा जाँदा भिडलाई नियन्त्रण गर्न समस्या हुने गरेको थियो ।

शेयर गरौ

ताजा अपडेट