चितवनको मतगणना १ बजेबाट सुरु हुने

 

चितवन, ११ वैशाख  । चितवन २ को मतगणना दिउँसो १ बजेबाट हुने भएको छ ।
आज बिहान बसेको सर्वदलीय बैठकमा आचारसंहिता पालना नगरेकाको अभिलेख निर्वाचन आयोग केन्द्रीय कार्यालयमा पठाउने र आवश्यक सतर्कता अपानाएर अगाडि बढ्ने सहमती भएपछी दिउँसो १ बजेबाट मतगणना हुने भएको हो ।
सर्वदलीय बैठक बसेर आवस्यक सहमती र तयारी गरेका छौ अब १ बजेबाट गणना कार्य सुरु हुन्छ मुख्य निर्वाचन अधिकृत कार्यालयका सुचन अधिकारी इश्वर आचार्यले जानकारी दिनु भयो । आवश्यक सहमती भएको छ अब गणना कार्यमा हामी जुटने छौ नेपाली काङ्रेसमा जिल्ला सभापति राजेश्वर खनालले बताउनु भयो ।

शेयर गरौ

ताजा अपडेट