चितवनको उपनिर्वाचन शान्तिपूर्ण सम्पन्न, त्रिसठ्ठी प्रतिशत मत खस्यो

 

चितवन । चितवनको निर्वाचन क्षेत्र नं. २ मा आइतबार भएको उपनिर्वाचन शान्तिपूर्वक सम्पन्न भएको छ । विहान ७ बजेबाट सुरु भएको निर्वाचनमा त्रिसठ्ठी प्रतिशत मत खसेको थियो । जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले ६३ प्रतिशत मत खसेको जानकारी दिनुभयो ।
गत मङसिर ४ गते ६७ प्रतिशत अर्थात ८४ हजार १७ मत खसेको थियो । आइतबार भएको मतदानमा ६३ प्रतिशत अर्थात ७८ हजार दुइसय ७७ मत खसेको छ । नयाँ किरण माध्यमिक विद्यालयमा भएको विवादपछि रोकिएर अवेर मतदान भएको थियो । मतदान भइराखेको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापति तथा उमेदवार रवि लामिछाने भरतपुरको वडा नं. ११ को नयाँ किरण मावि केन्द्रमा जाँदा निर्वाचन चिन्ह बजाएको भन्दै विपक्षी दलले विरोध जनाएपछि तीन घण्टा ३० मिनेट मतदान कार्य रोएिको थियो ।
त्यस्तै गरी भरतपुरको वडा नं. ७ कृष्णपुर मावि केन्द्रमा रास्वपाले आचारसंहिता उल्लंघन गरेको भन्दै विरोध जनाएपछि केही समय मतदान कार्य रोएिको थियो । दुवै स्थानमा भएको विवाद समाधान गरेर मतदान शान्तिपूर्वक सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।
नयाँ किरण माविमा भएको विवादका विषयमा सर्वदलीय वैठक बसेर आचारसंहिता उल्लघन गरेकोमा माफी मागेपछि मतदान सुरु भएको थियो । वैठकमा ४ वुदे सहमती भएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।
यस निर्वाचन क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका थिए । ४३ मतदान स्थल र १३८ वटा मतदान केन्द्रबाट शान्तिपूर्वक मतदान भएको थियो । मतदान सम्पन्न भएपछि केन्द्रबाट भरतपुरमा रहेको प्रदर्शनी स्थलमा मतपेटीका ल्याएर सर्वदलीय वैठकपछि रातिबाट नै मतगणना गर्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । मतपेटीका सुरक्षाकर्मीले ल्याउने छन् ।

शेयर गरौ

ताजा अपडेट