चितवन । चितवन २ मा आइतबार भइराखेको उपनिर्वाचनमा दिउसो २ बजेसम्म ४७ प्रतिशत मत खसेको छ ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार दिउसो २ बजेसम्म ४७ प्रशित मत खसेको जानकारी दिनुभयो । जिल्लाका सवै मतदान केन्द्रमा शान्तिपूर्वक मतदान भइराखेको उहाले जानकारी दिनुभयो । अपरान्ह १२ बजेदेखि भने भरतपुर महानगरपालिकाको वडा नंं ११ नयाँकिरण मावि स्थलमा विवाद भएको कारण केही समय रोकिएको छ । अन्य स्थानमा भने मतदान सञ्चालन भइराखेको उहाले जानकारी दिनुभयो ।
निर्वाचन क्षेत्र नं. २ अन्तर्गत ४३ मतदान स्थल र १३८ वटा मतदान केन्द्र रहेका छन् । एउटा मतदान स्थलमा आठवटासम्म मतदान केन्द्र रहेको कार्यालय प्रमुख कार्कीले जानकारी दिनुभयो ।
चितवन–२ मा एक लाख २४ हजार ६९५ मतदाता छन् । तीमध्ये ६३ हजार दुई ९१ महिला, ६१ हजार ४०३ पुरूष र एक जना तेस्रो लिङ्गी रहेका छन् । वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।