७, वैशाख, चितवन
चितवन क्षेत्र नं. २ का एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले चितवनमा खुल्ने उद्योगहरुमा चितवनका युवाहरुका लागि ५० प्रतिशत आरक्षणसहित रोजगारीको व्यवस्था गर्न आफूले पहल गर्ने बताएका छन् ।
प्रेस चौतारी चितवनले गरेको पत्रकारसँग रामप्रसाद भन्ने अन्र्तक्रिया कार्यक्रममा बोल्दै एमाले उम्मेदवार न्यौपानेले त्यसका लागि नीतिगत र राजनीतिक रूपमा लविङ्ग गर्ने एजेण्डालाई प्राथमिकतामा राखेको बताए ।
चितवन क्षेत्र नं. २ का एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले चितवनको विकास र सम्वृद्विका बारेमा एजेण्डागत बहस गर्न आउन चुनौती दिएका छन् ।
जिल्लाको विकासमा बारेमा आआफ्ना एजेण्डा र विषयमा बहस गरौं भन्दा उनी डराउने गरेको न्यौपानेले बताए । ‘आज विहान जेसिजले गरेको कार्यक्रममा प्रमुख ३ उम्मेदवारसँग बहस गर्ने कार्यक्रम थियो, जीत नारायण जी र म गयौँ तर उहाँ आउनु हुन्न मान्नुहुन्न’ न्यौपानेले भने, ‘उहाँलाई एकोहोरो जनताको भावना भड्काउन छ, भ्रम छर्नु छ, बहसमा उत्रिँदा उहाँको असली चित्र देखिने भएकोले आउनुहुन्न ।’ उनले लामिछानेले भावनाको ब्यापार गरेर भ्रम छरेको टिप्पणी गरे । उनले आफू जित्ने र टिक्ने हिम्मतका साथ मैदानमा आएको दावी गरे ।
नितान्त रवि लामिछानेको कमजोरी र गल्तीका कारणले चितवन–२ उपचुनाव भएको प्रसङ्ग निकाल्दै उम्मेदवार न्यौपानेले एमालेबाट निर्वाचित जनप्रतिनिधीहरुले पालिकास्तरमा गरेकोको काम मैंले गरेको हो भन्दै भ्रम छर्दे हिड्नु भएको टिप्पणी गरे । ‘लामिछानेजीले जितेको ३ महिना भयो, तर उहाँले गरेको कुनै एउटा काम देखाइदिनुस्, उहाँले केही गर्न पनि सक्नुहुन्न, तर जनतालाई के के नै गर्छु जस्तो गरेर भ्रम दिइएको छ, तीन महिना भित्र रामनगरमा पानी खुवाउँछु भन्नुभएको थियो खुवाउनु भयो त?’ न्यौपाने भन्छन् ‘देशको अर्थनीति, वैदेशिक नीति, राष्ट्रियता र स्वाधिनताका विषयमा पार्टीका धारणा र दृष्टिकोण भन्दा पनि उहाँका नीजि कुराको इमोशनल कुरा गरेर ब्ल्याकमेलिङ्ग मात्रै गरेको देख्छु, स्टण्डले देश चल्दैन, समाज चल्दैन ।’
एमाले उम्मेदवार न्यौपानेले आफूले जितेमा चितवनमा बन्द रहेका नर्सिङ्ग कलेजहरुको सञ्चालनका लागि भूमिका खेल्नेदेखि इच्छाकामना र कालिका नगरको ग्रामिण भेगलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्ने, कालिकामा आद्यौगिक क्षेत्र बनाउने र भरतपुरलाई आर्थिक क्षेत्रका रुपमा विकास गर्ने योजना रहेको बताए । विदेशबाट फर्किएका युवाहरुलाई उनीहरुले जानेको सिप ज्ञानको आधारमा परियोजनामा लगानी गर्ने काम एमाले नेतृत्वको सरकारले सुरु गरिसकेको न्यौपानेले बताए ।