चितवन । नेकपा एमालेका सचिव गोकर्ण विष्टले पुराना स्थापित राजनीतिक दलले मात्र देशको विकास गर्नसक्ने बताउनु भएको छ ।
चितवनको २ मा हुन लागेको उपनिर्वाचनको प्रचार कार्यक्रममा सहभागी हुन आउनु भएका पूर्वमन्त्री समेत रहनु भएका नेता विष्टले पुराना पार्टीका नेताले मात्र विकास गर्न सक्ने देखिएको बताउनुभयो । कहिलेकाँही पुराना पार्टीलाई सचेत पार्नको लागि जनताले मत नदिन सक्ने भन्दै उहाले चितवनका जनताले सबै बुझेको बताउनुभयो ।
नयाँ पार्टीलाई मत दिदाको परिणाम चितवन २ का जनताले जानी सकेकाले अवको निर्वाचनमा परिणाम एमालेको पक्षमा आउने दावी गर्नुभयो । देशको आर्थिक सामाजिक समग्र विकास गर्न एमाले सक्षम भएको इतिहासले देखाइसकेको जानकारी दिनुभयो । जनताको आधारभुत आवश्यकता, भविश्य निर्माणमा एमाले मात्रै सक्षम रहेको बताउनुभयो ।
निर्वाचनमा मत दिदा लहड र भावनामा होइन खासमा कसले विकास गर्छ, कुन पार्टीको स्थायित्व छ र काम गर्न सक्ने क्षमता कुन उमेदवार संग छ भन्ने कुरा वुझ्नु पर्ने बताउनुभयो । देशमा भएका परिवर्तनमा भूमिका खेलेका, देश निर्माणको लागि प्रष्ट खाका बोकेको, योजना भएको पार्टीले मात्र जनताको अवस्था परिवर्तन गर्न सक्ने बताउनुभयो ।
उपनिर्वाचनले पार्टीको सिटमा खासै ठुलो परिवर्तन नगरेपनि आफ्ना प्रतिनिधिले जनताको आवश्यकता पूरा गर्न कुन सक्षम छ भन्ने कुरा वुझ्नु पर्ने बताउनुभयो । उपनिर्वाचन किन भएको छ, कसको कारणले भएको हो भन्ने कुरा मतदाताले ख्याल गर्नुपर्ने बताउनुभयो । भरतपुर महानगरपालिकाकाले विभिन्न वडामा घरदैलो गर्दै वडा नं. १२ मा आउनु भएका सचिव विष्टसंगै एमाले नेता डाक्टर तिलचन्द्र भट्टराइ, नेकपा एमालेका जिल्ला उपसचिव प्रकास ढुंगाना, एमाले नेता केशवप्रसाद रेग्मी, वडा नं. १२ का एमाले अध्यक्ष तिलप्रसाद न्यौपाने सहित टोलीले विभिन्न क्षेत्रमा घरदैलो र कोण सभा आयोजना गरेको वडा सचिव शोभा पण्डितले जानकारी दिनुभयो ।
