चितवनमा भ्रम हट्दै गएकाले जित एमालेकाे हुनेमा बिश्वस्त छु : याेगेश भट्टराई

 

चितवन,२ बैशाख ।
नेकपा(एमाले) का सचिव याेगेश भट्टराईले चितवनमा आसन्न उपनिर्वाचनमा बहुसंख्यक जनताले एमालेकाे पक्षमा मत जाहेर गर्ने बिश्वास ब्यक्त गर्नुभएको छ ।
भरतपुर-१२मा पार्टीका स्थानीय कार्यकर्ताले शनिवार गरेको चुनावी घरदैलाेमा सहभागी हुदैं सचिव भट्टराईले नयाँ पार्टीप्रति जनतामा आशाकाे भ्रम पैदा भएको र त्याे दिनानुदिन हट्दै गएको दावी गर्नुभयो ।
“याे निर्वाचन क्षेत्र एमालेकाे राम्रो प्रभाव भएको ठाउँ हाे, बिगत निर्वाचनमा केही भ्रमहरु सिर्जना गरिए । अहिले भ्रमहरु हट्दै गएको पाँए । एमालेकाे जित हुनेमा बिश्वस्त छु । ” कार्यकर्ता माझ भट्टराईले भन्नुभयो ।

जनतामा सुशासनकाे लाेकप्रिय नारा लगायर मत पाएर गएकाले चार महिनामै आफ्नो चरित्र देखाएको उहाँको भनाइ छ । के के भन्थे , के के गरे, सबैले थाहा पाईसक्नुभयाे अब भ्रमकाे पर्दा उध्रिसकेकाे छ – भट्टराईले भन्नुभयो ।
मतदाताकाे चाहाना बमाेजिम युवा र परिपक्व उमेदवारका रुपमा पार्टीले रामप्रसाद न्याैपानेलाई अघि सारेको उहाँले उल्लेख गर्नुभयो ।
“रामजी यहाँकाे बिकासमा याेगदान गर्न सक्ने र जनताको गुनासो सुन्न सक्ने स्थानीय सक्षम युवा हुनुहुन्छ, अहिलेकाे पुस्ताकाे भावना बुझ्न सक्ने पार्टीको जिल्ला अध्यक्ष पनि हाे ।” – भट्टराईले भन्नुभयो ।
समृद्ध नेपाल निर्माण गर्ने ठाेस कार्ययाेजना सहित एमाले अघि बढेको बताउदै उहाँले अन्य पार्टीका गतिविधि र कार्यशैलीका कारण जनतामा निराशा छाएको उहाँको दावी छ । जनचाहना अनुरुप समृद्धिकाे अभियान अघि बढाउन मुलुककाे नेतृत्व एमाले पार्टीबाट मात्रै संभव रहेकाे उहाँले बताउनुभयो ।
भरतपुर -१२ एमाले वडा कमिटीका अध्यक्ष तिलप्रसाद न्याैपानेकाे अगुवाइमा पाेखरेली टाेल, आनन्द टाेल,प्रेरणा टाेल क्षेत्रमा चुनावी घरदैलो गरिएको थियाे ।
कमिटिले वडाका विभिन्न टाेलमा तालिका बनाएर दिनहुँ घरदैलो गरिरहेको सचिव शाेभा पण्डितले जानकारी दिनुभयो ।

शेयर गरौ

ताजा अपडेट