चितवन । चितवन २ मा हुने उपनिर्वाचनका लागि स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिको क्रेज खस्कदै गएको छ ।
लामिछानेको नागरिकता काण्ड कारण उपनिर्वाचन भएपछि लामिछाने प्रति टिप्पणी सुरु भएको थियो । आइतबार रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले दुइ करोड रुपियाँ मेडिकल व्यवसायी दुर्गा प्रसाइसंग मागेको अडियो सार्वजनिक भएपछि लामिछाने प्रतिको विश्वास घट्दै गएको हो । जनस्तरमा रास्वपाका नेता प्रति प्रश्न उठाउन थालेका छन् ।
पुराना राजनीतिक दलमा देखिएको आर्थिक अनियमितताको घटना नयाँ आएको पार्टीमा पनि देखिएको भन्दै चितवनका मतदाताहरुले टिप्पणी गरेका छन् । भरतपुरका स्थानीय रामजी कार्कीले भन्नुभयो नयाँ पार्टीले केही गर्ला भनेर भोट हालेको झन भ्रष्ट भएको घटना बाहिर आयो । यस्तैलाई कसरी मत हाल्ने अबको निर्वाचनमा राम्रो उमेदवारलाई मत हाल्न पर्छ । उहाँ मात्र नभइ जनस्तरमा आइतबार रास्वपा पार्टीका सांसदले पैसा मागेको विषयले यस पटकको निर्वाचनको परिणाममा असर पार्ने देखिन्छ ।
उपनिर्वाचन दलको लागि प्रतिष्ठाको विषय
लागि तीन वटा राजनीतिक दलले प्रतिष्ठाको विषय बनाएका छन् । नेकपा एमाले पार्टीको प्रभाव रहेको मानिएको यस निर्वाचन क्षेत्रमा स्वतन्त्र पार्टीका रवि लामिछाने विजयी भएपछि पुरानो साखलाई जोगाउन एमालेले जीवन मरणको रुपमा लिएको छ । सत्तागठवन्धनका तर्फबाट काँग्रेसका उमेदवारलाई हार्ने छुट नभएको भन्दै जसरीपनि जीत हासिल गर्नको लागि मेहनत गरेका छन् ।
आम जनतामा भने यस अगाडि विजयी भएका रवि लामिछानेको प्रभावमा केही कमी भएपनि अन्य पार्टीले सजिलै जित्न भने कठिन हुने प्रतिक्रिया दिने गरेका छन् । तर एमाले काँग्रेस भने आफूले जित्ने भन्दै दावी गर्दै आएका छन् । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकास शर्माले यस पटक काँग्रेसको पोल्टाबाट परिणामा अरुले लैजान नसक्ने बताउनुहुन्छ । हामी यसपटक जीत हासिल गर्छौ यो परिणामले देखाउछ उहाले भन्नुभयो रवि जीको क्रेज घटेको छ, उहाँका व्यवहार र जनतालाई झुक्याउने बानी सवैले वुझेका छन् त्यसैले परिणाम काँग्रेसको हातमा आउछ ।
नेकपा एमालेले यस पटकको उपनिर्वाचनमा एमालेको विरासत फर्काउने बताउदै आएको छ । नेकपा एमालेका पोलिव्युरो सदस्य गोकुल वासकोटाले नागरिकता र पासपोर्टका विषयमा चितवनका जनताले राम्रोसंग वुझेका छन् अव झुक्किले पक्षमा नभएको बताउनुभयो । एमाले पार्टीको मत अव दायाँवायाँ हुदैन स्वतन्त्र नागरिक, माओवादी, एमाले नेतृत्व सरकाले गरेका कार्यक्रम मनपराएर भोट हाल्नेहरुले गर्दा एमालेले जीत हासिल गर्ने उहाले बताउनुभयो । यस अगाडि एमाले पार्टीका उमेदवारले दुइपटक निर्वाचन जितेकाले त्यो विरासत यस पटक फर्काएर छाड्ने वास्कोटाले बताउनुभयो ।
वास्कोटा एक महिनादेखि चितवनमा ग्रासरुट अभियानमा सक्रिय हुदै आउनु भएको छ भने उपनिर्वाचन सम्पन्न गर्ने नेतृत्व उहाले लिनु भएको छ । स्थानीय तहका नता तथा कार्यकर्ताको समस्या असन्तुष्ठी वुझेर पार्टीलाई सक्रिय बनाउन लागेको बताउनुभएको छ ।
स्वतन्त्रपार्टीका सभापति रवि लामिछानेले जनताको विश्वास आफूमा रहेकाले त्यो विश्वासलाई कायम राख्नेगरी काम गर्ने बताउनुभयो । थोरै समय सरकारमा रहेर काम गरेको जनताले बुझ्नु भएको छ त्यसैले यस पटकको निर्वाचनमा काम गर्नको लागि मलाई पठाउनु हुनेछ भन्नेमा ढुक्क रहेको छु उहाले भन्नुभयो ।
एमाले काँग्रेसको निशाना भने रवि लामिछाने रहेको छ । चुनावी भाषण नै लामिछाने केन्द्रीत बनाउदै आएका छन् । लामिछानेको नागरिकता, र पासपोर्टको कमजोरीलाई चुनावी एजेण्डा बनाएका छन् । पार्टीले गर्ने काम र योजना भन्दा लामिछानेको कमजोरीका विषयमा दुवै पार्टीका नेता तथा कार्यकर्ताले चुनावी प्रचारका मसला बनाएका छन् ।
जनतामा भने पहिलो निर्वाचन भन्दा उपनिर्वाचनमा लामिछानेको मत कमी आउन सक्ने प्रतिक्रिया दिएका छन् । भरतपुर निर्वाचन क्षेत्र नंं २ घर भएका प्राध्यापक रमेश श्रेष्ठले भन्नुभयो हिजो भन्दा अहिले लामिछाने प्रतिको धारणा जनतामा फेरिएको पाएको बताउनुभयो । पार्टीको एजेण्डा भन्दा कसरी सरकारमा जाने भन्ने मात्र ध्यान केन्द्रीत रहेको, नागरिकलाई झुक्याएको जस्ता विषयमा प्रष्ट जवाप दिन नसकेको अवस्था रहेकाले क्रेज घटेको पाउन सक्छौ उहाले भन्नुभयो ।
गत मंसिर ४ गतेको निर्वाचनमा ३४ हजार २८१ मतान्तरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित हुनु भएको थियो । उहाका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८३ मत प्राप्त गर्नुभयो । नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६६७ मत ल्याउनु भएको थियो ।
अहिले लामिछाने संग नेकपा एमालेबाट चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसबाट निवर्तमान जिल्ला सभापति जीतनारायण श्रेष्ठ चुनावी मैदानमा उत्रनु भएको छ । चितवन–२ बाट २०७० र २०७४ सालमा एमालेका नेता कृष्णभक्त पोखरेल निर्वाचित हुनु भएको थियो ।
उपनिर्वाचनमा २९ स्थल अतिसंवेदनशिल
चितवनको निर्वाचन क्षेत्र नं २ का ४३ मध्ये २९ स्थललाई अतिसंवेदनशिलको सूचिमा राखिएको छ । निर्वाचन स्थललाई दुई भागमा वर्गीकरण गर्दै बाँकी १४ स्थललाई भने संवेदनशिल स्थलको सूचिमा राखिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।
उपनिर्वाचनमा सबै मतदान स्थललाई सुरक्षाका दृष्टिले बराबरी महत्वका साथ लिइएको छ उहाले भन्नुभयो ‘सम्पूर्ण राजनीतिक दलको ध्यान उपनिर्वाचन हुने क्षेत्रमा पर्ने भएकाले सबै उत्तिकै संवेदनशिल छन् । सवैको चासो र ध्यान केन्द्रीत हुने भएकाले स्थलमा सुरक्षा व्यवस्था कडा बनाउने छौ उहाले भन्नुभयो ।
निर्वाचनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी परिचालनका लागि परिचालन हुने जानकारी दिनुभयो । उपनिर्वाचमा चितवन क्षेत्र नम्बर २ मा एक लाख २४ हजार ६९५ जना मतदाता रहेका छन् । ४३ स्थलका एक सय ३८ केन्द्रबाट मतदान हुदैछ । गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी हुनु भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पद सर्वोच्च अदालतको फैसलापछि रिक्त भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।