चितवन २६ चैत । भरतपुर जनसेवा साकोसले जेष्ठ सदस्यहरुलाई नेपालकै विभिन्न धार्मिक स्थलमा अवलोकन तथा तीर्थ यात्रा गराएको छ ।
साकोसको वार्षिक कार्ययोजना अनुसार आफ्ना जेष्ठ सदस्यहरुलाई नेपालकै धार्मिक पर्यटकीय तीर्थ स्थलमा अवलोकन गराएको महिला बालबालिका तथा सामाजिक ब्यबसाय प्रबन्धक उपसमितिले भ्रमण गराएको महिला तथा बालबालिका समितिका कार्यक्रम संयोजक शोभा पण्डितले जानकारी दिनुभयो । तीर्थ स्थल भन्ने वितिकै भारतका विभिन्न स्थान भन्ने गरिन्छ उहाले भन्नुभयो आफ्नै स्वदेशमा भएका धार्मिक स्थलमा जेष्ठ सदस्यलाई अवलोकन गराउने उदेश्यले कार्यक्रम गरेका छौ ।
साकोसले मधेस प्रदेशको प्रसिद्ध गढीमाइ, रौतहटको विभिन्न स्थान, सर्लाही र रौतहटको वागमती नदीमा स्थान, वागमती प्रदेश र मधेस प्रदेशको सिमाना चुरीयामाइ, हेटौडाको भुटनदेवी मन्दिर, हेटौडाका विभिन्न धार्मिक स्थलहरुमा अवलोकन गराएका थियो ।
साकोसले गत वर्षपनि नेपालकै धार्मिक स्थलहरु अवलोकन गराएको थियो । आउने वर्षमा पनि आन्तरिक पर्यटन प्रवद्र्धन गर्दै स्वदेशको धार्मिक स्थलको प्रचारप्रसार गर्ने कार्यक्रम ल्याउने जानकारी दिनुभयो । साकोसको विभिन्न सेवाकेन्द्र अन्तर्गतका २८ जना जेष्ठ नागरिकहरुलाई शनिबार तीर्थयात्रा गराएको थियो । साकोसका सदस्यहरुलाई नेपालका विभिन्न अन्य स्थानमा पनि अवलोकन गराएको थियो ।