चितवन, २१ चैत ।
नेकपा(एमाले )का पाेलिट्व्युराे सदस्य गाेकुल बास्काेटाले रवि लामिछानेका कारण चितवनका जनताले दुख: पाएकाे बताउनुभएको छ ।
एमाले जिल्ला कमिटीकाे बैठकलाई मंगलबार भरतपुरमा संवाेधन गर्दै नेता बास्काेटाले यहाँ यसअघि निर्वाचित लामिछानेले कानुन ताेडेकाले चितवनका जनताले अहिले दुख: पाएकाे उल्लेख गर्नुभयाे ।
“मेरा कारण कस्लाई दुख: भएको छ र भन्दै गाेहिकाे आँसु झार्दै हिडेकाे सुनेको छु । उनले (रवि)कानुन ताेडे चितवनका जनताले उपचुनावमा जानुपर्ने दुख: पाए।”- बास्काेटाले भन्नुभयो ।
गत निर्वाचनमा आम जनतामा परेको भ्रम अब हटेकाले एमाले उमेदवार रामप्रसाद न्याैपानेकाे जित सुनिश्चित रहेको बास्काेटाकाे दावी छ ।
याे देशकाे समृद्धि, जनताको खुसी र समाजवाद निर्माणकाे अभियान पूरा गर्न नेकपा(एमाले ) पार्टी बाहेक अरुबाट संभव नरहेकाे उहाँले बताउनुभयो ।
एमालेले बिगतमा सामाजिक , राजनीतिक र आर्थिक सुधारकालागि गरेकाे कार्यक्रम र भावि याेजना जनतामा सुस्पष्ट ढंगले जनतामाझ लैजान नेता बास्काेटाले जिल्लाका अगुवा कार्यकर्ताहरुलाई निर्देशन पनि दिनुभयाे ।
बैठकमा चितवन क्षेत्र नम्बर २ का उमेदवार एवम् जिल्ला अध्यक्ष रामप्रसाद न्याैपानेले आफुहरु उच्च मनाेवलका साथ चुनावी मैदानमा हाेमिएकाे बताउनुभयो ।
बैठकमा एमाले स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी ,पाेलिट्व्युराे सदस्य देवी ज्ञवाली , नेताहरु बिजय सुवेदी , कृष्णभक्त पाेखरेल, डा.तिलचन्द्र भट्टराई, पुरुषाेत्तम न्याैपाने, जानुका शिंखडा, शिवकुमारी गाेतामे लगायत सहभागी हुनुहुन्थ्यो ।
बैठकले पाेलिट्व्युराे सदस्य देवी ज्ञवालीकाे संयाेजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेकाे छ ।