चितवन ।
भरतपुर महानगरपालिका वडा नं. ११ को आयोजनामा गणेशस्थान टोलमा लैङ्गिक तथा महिला हिंसा सम्बन्धि तीन दिने सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
चैत-९ गते देखि चलेको कार्यक्रमकाे समापन समारोहका प्रमुख अतिथि वडा नं. ११ का अध्यक्ष कमल बहादुर मल्लले समाजमा बिकृतिका रुपमा रहेका हिंसाजन्य गतिविधि निर्मुल गर्न आफू प्रतिवद्द रहेको उल्लेख गर्नुभयाे । लैङ्गिक हिंसा दण्डनीय रहेकोले यसवारे सचेतना निरन्तर बढाउन वडा कार्यालय लागिरहने अध्यक्ष मल्लले बताउनुभयो ।
हिंसा न्युनिकरणका लागि समुदाय तहमै सचेतना बढाउने उदेश्यले गरिएको कार्यक्रमबाट स्थानीय लाभान्वित भएको स्थानीय अगुवा रेशम सापकोटाले जानकारी दिनुभयो । कानुनी साक्षरता नहुदाँ समाजमा अझै पनि लैङ्गिक हिंसा बढेको अवस्थामा यस प्रकारको कार्यक्रम फलदायी हुने सापकोटाले बताउनुभयो ।
गणेशधामको सभा हलमा भएको कार्यक्रममा करिब १०० जना ब्यक्ति सहभागी थिए ।
कार्यक्रममा सामाजिक अभियान्ता यमनाथ आचार्य,शारदा शर्मा, अधिवक्ता कल्पना उप्रेतीले प्रतीक्षण दिनुभएको थियो ।
कार्यक्रममा वडा सदस्य भोजराज सुबेदी,लालमाया लामा,गणेशधामका महासचिव रबिन्द्र बराल,सोही वडाकी निवर्तमान वडा सदस्य बिमला बि.क. अतिथि रहनुभएको थियाे । वडा सदस्य तथा कार्यक्रम संयोजक सीता रनपालकाे सभापतित्वमा भएको कार्यक्रमकाे सञ्चालन वडा सचिव ओम प्रकाश न्यौपानेले गर्नु भयको थियोे ।