चितवन, २८ फागुन । त्रिशुली नदीको प्राकृतिक वहाव नै परिवर्तन गरी निर्माण कम्पनीले उत्खनन् गरेपछि रोकिएको छ ।
चितवनको इच्छाकमना गाउपालिका कुरिनटार र शहिद लखन गाउँपालिकाले वडा नं ४ ठेउवाटार भएर वगेको त्रिशुली नदीको सामग्री झिक्नको लागि ठेक्का पाएको कम्पनीले वातावरणलाई असर गर्ने गरी उत्खनन् गरेपछि रोकिएको हो । फागुन १० गते गोरखापत्र दैनिकमा समाचार प्रकाशित भएपछि चौतर्फी दवाव भएको थियो । स्थानीयवासी, इच्छाकामना गाउपालिका, सांसदको विरोधपछि गोरखाको शहिद लखन गाउँपालिकाले आइतबार विज्ञप्ती जारी गरी उत्खनन् कार्य तत्काल नगर्न रोक लगाएको छ ।
नदीजन्य सामग्री उत्खनन्का लागि श्री त्रियुग निर्माण सेवा, सिन्धुपाल्चोकसँग शहिद लखन गाउँपालिकाले ठेक्का अनुमती दिएको थियो । तर निर्माण कम्पनीले वातावरण प्रभाव मुल्याङकनको वेवास्ता गरी प्राकृतिक वहाव नै परिवर्तन गरी नदी जन्य सामग्री उत्खनन् गरेको थियो । गोरखा तर्फबाट त्रिशुली नदीलाई साघुरो वनाउदै चितवन तर्फ लगेको छ । अस्थायी रुपमा वाध वाधेर अस्थायी पुल राखी नदीजन्य सामग्री ओसार्ने तयारी गरेपछि चितवनको इच्छाकामना गाउपालिका सहित स्थानीयले विरोध जनाएका थिए ।
चौतर्फी विरोधपछि लखन गाउँपालिकाले विज्ञप्ती जारी गरी रोकेको हो । शहिद लखन गाउँपालिका अध्यक्ष रमेशवावु थापामगरले भन्नुभयो नदीको वहाव नै परिवर्तन गरी सामग्री उत्खनन् गरेको विषय हामीलाई जानकारी थिएन अहिले जानकारी पाएपछि वन्द गर्न निर्देशन दिएका छौ । प्राकृतिक वहाव परिवर्तन गर्न पाइदैन, सामग्री लैजान अस्थायी पुल बनाउने विषयमा हामीले अनुमती दिन मिल्दैन र त्यसो गर्न पनि पाइदैन उहाले भन्नुभयो ।
वातावरणलाई असर नपर्ने हिसावले ६ हजार घन मिटर मात्रै ढुंगा, गिट्टी, बालुवा उत्खनन् गर्न पाउने सम्झौता भएको छ थापा मगरले भन्नुभयो वातावरणलाई असर गरे उत्खनन् रोकिन्छ । चितवनको इच्छाकमना गाउपालिकाका अध्यक्ष दानवहादुर गुरुङले भन्नुभयो हामीले आइतबार दिउसो अनुगमन गर्दा काम रोकेको पाएका छौ । प्राकृतिक धार परिवर्तन गर्न पाइदैन वातावरणको संरक्षण सवैको चासो हो उहाले भन्नुभयो ढिलै भएपनि काम रोकिएको छ ।
वागमती प्रदेश साँसद कृष्णप्रसाद सिलवालले भन्नुभयो त्रिशुली नदी हामी सबैको सम्पत्ति हो यसको संरक्षणमा सवैको दायित्व हुन्छ । नदीलाई असर पर्ने गरी गिटी वालुवा झिक्ने काम भएकोमा हाम्रो आपत्ती छ वातावरण संरक्षणमा ध्यान नदिइ काम गरे हामी आफैले भएपनि रोक्ने छौ । अहिले रोकिएको छ तर पछि यही अवस्थामा काम भए हामीलाई मान्य हुदैन नदीको वहावलाई असर नपर्ने गरी काम गर्न सुझाव दिनुभयो ।
त्रिशुली नदीको वहावलाई साधुरो वनाएर उत्खनन् गरेपछि ¥याफ्टिङ व्यवसायीले विरोध जनाएका थिए । वर्षौदेखि पर्यटन व्यवसाय सञ्चालन गर्दै आएकोमा त्रिशुली नदीको वहाव नै परिवर्तन गर्दा पेसा धरासायी भएको भन्दै एक दर्जन ¥याफ्टिङ व्यवसायीले आपत्ती जनाएका थिए ।
नेपाल ¥याफ्टिङ एण्ड क्यानोनिङ एसोसिएसन, नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्ट्स (नारा), हिमालयन रिभर गाइड एसोसिएसन अफ नेपाल र नेपाल नदी संरक्षण कोष लगायतका संघ संस्थाले जथाभावी नदी मास्ने कार्य तत्काल बन्द गर्नुपर्ने माग गरेका थिए ।
वर्षेनी सयौंको संख्यामा विदेशी तथा आन्तरिक पर्यटकहरु ¥याफटिङमा रमाउने गगर्दछन् । ¥याफटिङलाई असर पार्ने किसिमले नदीलाई थुन्ने काम हुदा समस्या हुन्छ हिमालयन रिभर गाईड एसोसिएसनका उपाध्यक्ष डोल बहादुर गुरुङले भन्नुभयो । खोलामा जेसिबी, डोजर कुदेको देख्दा पर्यटकहरुलाई के सुन्दरता देखाउने, पर्यटकहरु नेपाल आउने भनेको नै सुन्दरता हेर्नका लागि हो, यसमा राज्यको ध्यान जानु पर्दछ ।